सुनको मूल्य घट्यो चाँदीको बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सून प्रतितोलना ४ सय रुपैयाँले घटेको हो । छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घट्दा सोमबारका लागि सूनचाँदी व्यवसाय महासंघले छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजावी सुन पनि प्रतितोला ४ सय […]

लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल गरिँदै

काठमाडौं । हिजोदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुनेछ । सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् । पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ । सो छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, […]

ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल ग्रीन आवास कर्जा, योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।बैंङ्कले योकर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । ग्राहकले  […]

धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्था को रुपमा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको छ । राष्ट्र बैङ्कको ६९ औँ  बार्षिक उत्सबको अबसरमा सो सम्मान गरेको हो । नेपाल राष्ट्र बैंकले एक विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]

महालक्ष्मी विकास बैंकको आगलागी पीडितलाई राहत

काठमाडौं । महालक्ष्मी विकास बैंकले बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ । बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही २ लाख पचास हजार रुपैँया बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, […]

२०८६ मा सरकारीकरण हुने सर्तमा मात्रै एनसेलको लाइसेन्स नवीकरण हुने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी आजियाटा एनसेलको लाइसेन्स सरकारीकरण हुने सर्तमा मात्रै नवीकरण हुने भएको छ। सरकारले गत फागुन ६ गते गरेको मन्त्रिपरिषद्का निर्णयसहित शुक्रबार फागुन महिनाको सबै निर्णयहरु सार्वजनिक गर्दा यस्तो तथ्य बाहिरिएको हो। एनसेलको दोस्रो लाइसेन्स नवीकरण अवधि आगामी भदौं १६ गते सकिँदैछ। २०६१ भदौ १५ मा मोबाइल सेवाको अनुमति पाएको एनसेलले […]

हैदराबादविरुद्ध चेन्नाईको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई फराकिलो अन्तरले हराएको छ। आइतबारको खेलमा चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनले हराएको छ। को फराकिलो जित दर्ता गरेको हो। चेन्नाईले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो। लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ […]

ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा. महतको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । आजदेखि यहाँ सुरु भएको लगानी सम्मेलनको सत्रलाई सम्बोधन गर्दै उनले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताए । उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने […]

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो । कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली […]

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । उच्च अदालत पाटनले  बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।  प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले […]