निजी क्षेत्र ‘डिप्रेशन’मा जाँदासम्म पनि सरकारले सुनेन : कमलेश कुमार अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्र डिप्रेशनमा जाँदासम्म पनि सरकारले यसका बारेमा नसोचेको बताएका छन् । बुधबार इकोनोमिक सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको चेम्बर पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले अर्थतन्त्रका देखिएको नाजुक अवस्थाबारे सरकारले नसोचेको बताएका हुन् । तथ्यांक विभागले चालु आवका लागि सार्वजनिक गरेको तथ्यांकले नै उत्पादनमुलक, निर्माण, घरजग्गा […]

इम्सनले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झक्झक्याउने काम गर्नुपर्छ :राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झकझक्याउने काम गर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको चेम्बर पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले इम्सन र निजी क्षेत्रबीचको सम्बन्ध रथका दुई पाँग्राबीचको सम्बन्धझै हुनुपर्ने बताउँदै उनले पछिल्लो समय अर्थतन्त्र, […]

नारायणगढ–मुग्लिन सडक खण्डका चार पुल तीव्र गतिमा बन्दै

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी तीव्र गतिमा काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा […]

लखनउमाथि हैदराबादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले लखनउ सुपर जाइन्ट्सलाई हराएको छ । हैदराबादले लखनउलाई १० विकेटले हराएको हो । लखनउले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदराबादले ९ ओभर ४ बलमा कुनै विकेट पनि नगुमाई पुरा गरेको हो। हैदराबादका ट्राभिस हेडले अविजित ८९ रन बनाए । अभिषेक शर्माले पनि अविजित रहदै […]

रियल म्याड्रिड १८ औं पटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । स्पेनिस च्याम्पियन रियल म्याड्रिड १८ औं पटक च्याम्पियन्स लिगको फाइलनमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखमाथि पुनरागमन जित हासिल गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको फाइलनमा पुगेको हो। रियले आफ्नो घरेलु मैदान सान्टियागो बर्नाबेउ स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा बायर्नलाई २–१ गोल अन्तरले पराजित गरेको छ। समग्रमा रियलले बायर्नमाथि ४–३ गोल […]

आज यी स्थानमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र […]

कोक बेच्ने बोटलर्स नेपालको ६ महिनाको व्यापार साढे ४ अर्ब, करिब साढे ३ अर्ब कर्जा लिने योजनामा

काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा साढे चार अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको हो। आव २०७९/८० मा […]

चालक दलका सदस्य एकाएक बिरामी, एयर इन्डियाका ७० उडान रद्द

काठमाडौं । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परी बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् । एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नुपरेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण […]

तालिममा सिकेको सिपलाई रोजगार र स्वरोजगारसँग जोड्नु ‘सिप मेला’को मुख्य विशेषताः उपप्रमुख डंगोल

काठमाडौं ।  टुँडिखेलमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् । बुधबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै उनीहरुले यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताए । उनीहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, सिपमूलक […]

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्त सहभागी थिए । समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत […]