आईआरजीडीडीकी अध्यक्ष डा. पराजुली र डिप्लोमेटिक एकेडेमी अफ ओमानका महानिर्देशक अल मानीबीच भेटवार्ता
काठमाडौं । इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) की अध्यक्ष तथा ओमानका लागि पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र डिप्लोमेटिक एकेडेमी अफ ओमानका महानिर्देशक अली अल मानीबीच राजधानी मस्कटमा भेटवार्ता भएको छ । उक्त भेटवार्ता फलदायी भएको आईआरजीडीडीले जनाएको छ । भेटवार्तामा ओमानसगको लामो समयदेखिको मित्रता र बलियो व्यावसायिक सम्बन्धलाई प्रतिबिम्बित भएको थियो । […]

