धितोपत्र बोर्डले २ वटा कम्पनीलाई दियो पीईभीसी सञ्चालनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा कम्पनीलाई प्राईभेट इक्विटी एन्ड भेन्चर्स क्यापिटल सञ्चालनका लागि सैद्धान्तीक सहमति प्रादन गरेको छ । म्याभरिक कौटिल्य भेन्चर र मोघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेडलाई पीईभीसी सञ्चालन अनुमति प्रदान गरेको बोर्डले जनाएको छ । आवेदन दिएका ३३ वटा कम्पनी मध्ये २ वटाले मात्र अनुमति प्राप्त गरेका छन् ।

