सागर डिष्टिलरीलाई आइपीओ बिक्रीको अनुमाति

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको हो । यसले १४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर आइपीओ मार्फत बिक्री गर्दैछ ।

बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पेशी हेर्न नभ्याइनेमा परेको छ । ओझाको अनुभवसम्बन्धी योग्यता र उमेरसमेत नपुगी नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा परेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो । ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बनमा फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले अध्यक्ष ओझालाई निलम्बन […]

हिमालयन इन्भेष्टमेन्ट बैंकिङले ४ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्रीका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ४ अर्ब रुपैयाँको बन्दमुखी योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमित मागेको छ । क्यापिटलले एचएलआइ लार्ज क्याप फन्ड बिक्री गर्न अनुमति मागेको हो । प्रतिइकाई १० रुपैयाँको दरले ४० करोड इकाई बिक्री गर्न लागिएको हो । यसको व्यवस्थापन हिमालयन इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्राण्डको सहभागिता हुने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै यस एक्सपोमा ३५ वटा नयाँ प्रडक्ट लन्च हुने जनाएको छ ।  साथै, यस एक्स्पोमा ५० ब्राण्डले सहभागिता जनाउँदैछन् । आयोजकका अनुसार एक्स्पोमा ८० हजार जनाले अवलोकन गर्ने […]

नागरिक एपमा जोडियो आजदेखि श्रम संसार पोर्टल

काठमाडौं । सरकारले रोजगारदाता र रोजगारी खोजिरहेकाहरुलाई जोड्न तयार पारेको श्रम संसार पोर्टल नागरिक एपमा जोडिएको छ । आजदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम संसार अनलाइन पोर्टल नागरिक एपमा जोडिएको हो । मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाशकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका छन् । श्रम संसार पोर्टल, नागरिक एपसँग […]

स्थानीय तहका निकायहरूलाई बैंक खाता खोल्न राष्ट्र बैंकको थप अनुमति नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूलाई वाणिज्य बैंकमा खाता खोल्नका लागि अब थप स्वीकृति नचाहिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले हिजाे एक परिपत्र जारी गर्दै यो नयाँ व्यवस्था लागू गरेको हो। राष्ट्र बैंकको सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोष ले ‘क’ वर्गका वाणिज्य […]

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) ले गत आर्थिक वर्षका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। क्यापिटलका अनुसार, साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा नाम रहेका इकाइधनीहरू मात्र यो लाभांश प्राप्त गर्न योग्य हुनेछन्। लाभांशबाट प्राप्त रकमलाई स्किमकै इकाइ खरीद गरेर पुनः […]

वैदेशिक सहायताबिना आन्तरिक स्रोत मात्र पर्याप्त नहुने : सह–सचिव शर्मा

काठमाडौं । अर्थ मन्त्रालयका सह–सचिव धनिराम शर्माले नेपालको तीव्र विकास वैदेशिक सहायताको भरमा मात्र सम्भव हुने स्पष्ट पारेका छन्। पछिल्लो समय वैदेशिक सहायता नलिनुपर्ने जस्ता धारणा आए पनि तीव्र विकासका लागि आन्तरिक स्रोत मात्र पर्याप्त नहुने उनको भनाइ छ। शर्माले नेपालले आफ्नै नीतिअनुसार वैदेशिक सहायता लिँदै आएको बताउँदै तीव्र विकास गरेका अधिकांश मुलुकले पनि वैदेशिक […]

सार्वजनिक लेखा समितिमा बेरुजु छलफल: मन्त्रालयका सचिवहरूले बताए बेरुजुको अवस्था र चुनौती

काठमाडौं । सार्वजनिक लेखा समितिको आजको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले आ-आफ्नो मन्त्रालयको बेरुजु अवस्था, त्यसको व्यवस्थापनमा देखिएका चुनौतीहरू र समाधानका लागि चालिएका कदमबारे जानकारी गराएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रालयको कुल बेरुजु ८ अर्ब ९८ करोड रहेकोमा ४० प्रतिशत संपरीक्षण भइसकेको बताए। उनले अबको ६ […]

केराखेतीबाट १५ लाख रूपैयाँसम्म आम्दानी गर्छन् कैलालीका टेकेन्द्र

टीकापुर । कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रूपैयाँको केरा बिक्री गरे। ‘समयमै उत्पादन हुँदा ४७ लाख रूपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘मैले राम्रो उत्पादन भएका बेला एक […]