घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । घटाइएको नयाँ मूल्य आजदेखि लागू भएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र […]

मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा

काठमाडौं। मार्वलस र बाल दीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले १६ अंक योगदान गरे । अर्नव महर्जनको १३ अंक सहयोगमा बाल दीक्षाले सेवा सदनलाई ३८–२८ ले हरायो । सिनियर ब्वाइजमै गोल्डेनपिकले माइलस्टोनर्ला ४८–३७ […]

१२ दिन दुर्घटनामा पर्‍याैं, चोखिएर आउन सफल भयाैं : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)बीच एकता गर्दै घिसिङले केही समय अघि करिव १२ दिन आफूहरु दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र […]

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए । अस्पतालले स्वास्थ्य बीमामार्फत […]

१९ बैंकको बढ्यो सेयर धितो कर्जा प्रवाह, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याकं अनुसार बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको तुलनामा ४५.७६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ३३ करोड […]

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

दुबई  । राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ । प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो […]

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता

काबुल। गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । कानुन बमोजिम आवाश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरुमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ […]

अर्धवार्षिक सरकारी वित्त : खर्च ६ खर्ब ९० अर्ब, आम्दानी ५ खर्ब ८८ अर्ब

काठमाडौं । सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय  ३८ र व्यय ३५    प्रतिशतमा खुम्चिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार  पुस समान्तसम्ममा रू ६ खर्ब ९० अर्ब २१ करोड ५४ लाख खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ३५ दशमलव १४ प्रतिशत बराबर […]

कर छुटको सुविधा चैत मसान्तसम्म

गण्डकी। पोखरा महानगरपालिकाले कर छुटको सुविधा चैत मसान्तसम्म कायम रहने गरी समयावधि विस्तार गरेको छ । महानगरको १८औँ नगरसभाले पुस मसान्तसम्मका लागि तोकिएको कर छुटको म्याद राजस्व सङ्कलन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण चैत मसान्तसम्म बढाउने निर्णय गरेको हो । महानगरको आर्थिक ऐन अनुसार चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट […]

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै उनले प्रदेशको सुरक्षा व्यवस्था सुदृढ बनाउन र नागरिकलाई भयरहित वातावरण दिन सरकार प्रयत्नशील रहेको उल्लेख गरे। सवारीसाधनको अभावमा प्रहरी सेवा प्रवाह र परिचालनमा देखिएका समस्या […]