मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

महेन्द्रनगर (धनुषा )। मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा […]

नेपाल-भारत सीमानाका बन्द हुने

बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय […]

हिमालयन बैंकको एफपीओ निष्कासन,आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । यसबाट बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ उठाउने लक्ष्य राखेको छ । कम्पनीले प्रतिशेयर १०० […]

मन्जुश्री फाइनान्सद्वारा कोहलपुर नगरपालिकालाई स्वास्थ्य उपकरण सहयोग

काठमाडौं । मन्जुश्री फाइनान्सको नेपालगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ्य प्रवर्द्धन केन्द्र संचालन गर्न करिब १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ । सो कार्यक्रममा मन्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगंज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेका हुन् । आफ्ना विभिन्न […]

वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाए

काठमाडौं । वाणिज्य बैंकहरुले साउनका ब्याजदर घटाएका छन् । असारको तुलनामा बैंकहरुले साउनका औषत ब्याजदर घटाएका हुन् । असारको तुलनामा साउनमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने औषत ब्याजदर ०.२०४५ प्रतिशतले घटेको छ । असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.९०२ प्रतिशत थियो । यो साउनमा ५.६९७५ प्रतिशतमा झरेको छ। २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले […]

सिद्धार्थ बैंकको १० वर्षे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकले असार २९ गते आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ। लगानीकर्ताहरूले यस ऋणपत्रमा बुधबार अर्थात् आजसम्मम मात्र आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्र १० वर्षे अवधिको ऋणपत्र हो। ऋणपत्रको कुल निष्कासित रकम २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। सार्वजनिक निष्कासन भएको कुल रकममध्ये १ अर्ब रुपैयाँ सामूहिक लगानी कोष […]

असार अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । असार महिनाको अन्तिम दिन बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । जुन मंगलबारको तुलनामा १३०० रुपैयाँले कम हो । यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम रहेको थियो […]

सिमतालबाट त्रिशूलीमा खस्यो मिनी ट्रक

काठमाडौं । चितवनको भरतपुर नगरपालिकास्थित सिमतालबाट ट्रक त्रिशूली नदीमा खसेको छ । यूपी ३२ जेड एन ७८८३ भारतीय नम्बरप्लेटको ट्रक सडकबाट ८० मिटर तल खसेको हो । घाइते ट्रक चालक आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंहको उद्धार गरी भरतपुर अस्पतालमा उपचार भैरहेको चितवन प्रहरीले जनाएको छ ।  

लुम्बिनी विकास बैंकको एक लाख ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले एक लाख ४ हजार ८१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ  । दुई संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले गत जेठ २२ गते सूचना जारी गरी विद्यमान संस्थापक शेयरधनीका लागि उक्त शेयर खुला गरेको थियो । तर विद्यमान शेयरधनीले निवेदन नदिएपछि उक्त शेयर सर्वसाधारण व्यक्ति […]

यस्तो छ आजको लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु […]