राष्ट्र बैंकले २० अर्ब बराबरको ऋणपत्र जारी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ ङ’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । मंगलबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

