सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच युवा उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य

काठमाडौं ।  सिद्धार्थ बैंकलेकृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेस (NSB) सँग सहकार्य गरेको छ । नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ्ग अधिकृत (Chief Marketing Officer) सुरेशराज महर्जनले यससहकार्यले […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीः तालिम दिएर र सीपको विकास गराएर मात्र कामदार पठाउनु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले विदेशमा कामदार पठाउँदा तालिम दिएर र सीपको विकास गराएर मात्र पठाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै उनले भने, ‘तालिममा सुधार गर्नु होस्, तालिम दिने निकाय प्राइभेटलाई नदिनुहोस्, सरकारीलाई दिनुहोस् । ठगीको केसहरु छन् ।  सीप र क्षमता […]

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी बैठकको प्रारम्भमा शपथ लिन बाँकी सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ ग्रहण गरे । आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, नेताहरूको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने […]

कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको  कर्मचारी सुरक्षण कोषमा रहेको रकममध्ये मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले ‘क‍’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ। लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड, ‘ख’ वर्गका विकास बैंकमा […]

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल सुरु

बैङ्कक। अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सुरु गरिएको छ । विशेष गरी दक्षिणपूर्व एसियामा आधारित आपराधिक सञ्जालहरूले विश्वभरका पीडितहरूबाट हरेक वर्ष अर्बौं डलर ठगी गरिरहेको पृष्ठभूमिमा यो कदमलाई महत्त्वपूर्ण मानिएको छ । थाइल्यान्डको विदेश मामिला मन्त्रालय र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडिसी) […]

युरोपियन देशमा पनि सहज रुपमा कामदार पठाउन पाउनु पर्ने माग

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अघ्यक्ष भुवनसिंह गुरुङले युरोपियन देशहरुमा पनि सहज तरिकाले कामदार पठाउन पाउनु पर्ने माग राखेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै उनले अहिले खाडी मुलकहरु जस्तै साउदी अरब, कतार, युएई जस्ता देशहरुमा मात्र कामदार पढाइने गरिएको तर युरोपमा पनि माग रहेको बताए । […]

ट्रम्पले राेके अमेरिकी डीभी लाेटरी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाइभर्सिफाइड भिसा (डीभी) लटरी कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेका छन्। सन् २०२७ को डीभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गरिने संकेत दिएको करिब एक महिनापछि ट्रम्प प्रशासनले यससम्बन्धी औपचारिक घोषणा गरेको हो। होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले राष्ट्रपतिको निर्देशनअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) अन्तर्गत सञ्चालनमा रहेका […]

जेनजी र स्थानीयबासीको नाममा सेयर माग्न थालेपछि हैरान भए लगानीकर्ता, इप्पान अध्यक्ष भन्छन्–‘धेरै समस्या भयो, सरकारले वास्ता गरेन’

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरुमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरु हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरुले नेपाल सरकारको कानून अनुसार स्थानीयबासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरेपनि पछिल्लो समयमा जेनजी र स्थानीयबासीको नाममा निःशुल्क सेयर र करोडौ […]

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ । एएफपीले अध्ययन गरेको आन्तरिक मेमोअनुसार टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले […]

आजदेखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौँ । आजदेखि ‘नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स टेड फेयर एण्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस […]