सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान आसर २ गते देखी २७ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान […]

ग्राहकलाई ठगी गरेमा बैङ्कलाई कारबाही गरिने : गभर्नर पौडेल

महेन्द्रनगर (धनुषा) । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुराउनेमा आफ्नो ध्यान रहेको […]

वर्षायाममा काठमाडौं महानगरको सडक तथा फुटपाथ खन्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडकरफुटपाथ खन्ने स्वीकृतिरसहमति नदिइने स्पष्ट पारेको पारेको छ । वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर […]

भिजिट भिसा अहिलेको मात्र समस्या होइन: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए । उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ […]

छिमेक लघुवित्तको करिब साढे २ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले करिब साढे २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनीहरुमा बिक्री नभएको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक शेयर बिक्रीा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । लघुवित्तको शेयरको मूल्य […]

प्रभु बैंकको करिब १० हजार संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले करिब १० हजार संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । बैंकले ९ हजार ८८२ कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरुले खरीद नगरे सँगै सर्वसाधारणमा बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुका ासथै अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् । बैंकको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको […]

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी । सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, […]

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाईंदै

म्याग्दी। यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची […]

मोदी इनर्जीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने […]

२५ सयले घट्यो सुन

काठमाडौं । नेपालमा बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको १ लाख ९७ हजार ५०० रुपैयाँ थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको […]