निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी […]

धानको समर्थन मूल्यका पर्खाइमा किसान

भजनी (कैलाली) टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बसेका छन् । चाडपर्वका समयमा घरायसी आर्थिक जोहो गर्न केही धान प्रति क्विन्टल रु दुई हजार ५०० मा बिक्री गरेका उनले बाँकी धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्नका लागि खाद्यलाई पर्खेर बसेका हुन् । “घर खर्चका लागि सस्तोमा पनि धान […]

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी […]

२ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनक मूल्यमा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी अनुसार सुन सोमबार २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ। बजारमा चाँदी प्रतितोला २ हजार […]

प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको सेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो । हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् […]

प्रभु बैंकको ४ लाख २२ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको बैंकले […]

धितोपत्र बोर्डमा १० कम्पनीको हकप्रद सेयर पाइपलाइनमा, कुनको कति आउँदैछ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १० कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिनेमा जलविद्युत समूहका ५ वटा कम्पनी, लगानी र उत्पादन समूहका एक-एक वटा कम्पनी र ३ वटा बिमा कम्पनी रहेका छन् । जसअनुसार नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ […]

पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिन आग्रह

काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक […]

आजको मौसम : केही स्थानमा आंशिक बदलिकाे सम्भावना 

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा […]

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको  राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको […]