भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो

भोजपुर। भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् । नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको […]

अन्तरप्रादेशिक रुट इजाजतपत्र विवादः सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन गर्न ट्रक व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। महासंघका अनुसार विवाद अनुमति नलिएका सवारी साधनको होइन, बरु विधिवत रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहँदाका सवारी साधनमाथि गरिएको कारबाहीका कारण […]

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आइपीओ बिक्री गर्दै, आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २०% अर्थात, १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको […]

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको छ । पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको हो । कम क्षति पुगेका भवनका […]

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेकी छिन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरे । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट […]

मन्त्री कुलमान घिसिङबाट बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

राजापुर  । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् । बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन । शहरी विकास मन्त्रालय मातहत […]

जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा ५ अर्ब १८ करोड दाबी भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव रू. ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी […]

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष कार्कीले भने -ओली र लेखकलाई बयानमा बोलाउँछौं

काठमाडौं । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन जाँचबुझ गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ गरेका छन् । उनले हालसम्म प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको र अब राजनीतिक तहमा रहेकाहरूको बयान सकेर प्रतिवेदन लेखनमा लाग्ने जानकारी गराए । आगामी आइतबारदेखि राजनीतिकस्तरका नेतालाई बयानका लागि […]

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

टोकियो । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ । उच्च मूल्यवृद्धिसँग जुधिरहेको अर्थतन्त्रलाई सहारा दिन आक्रामक खर्च बढाउनुपर्ने प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा स्पष्ट रूपमा देखिन्छ । यदि यो बजेट स्वीकृत भयो […]

रिलायन्स फाइनान्सले लाभांश नदिने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । यस फाइनान्सको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षका लागि लाभांश नदिने घोषणा गरेको हो ।