सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरेका छन् । सोमबार सभामुख अर्यालले पूर्वसभामुखद्वय घिमिरे र सापकोटासँग भेटघाट गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचार विमर्श भएको थियो।

२०८२ सालमा नेप्से ६.४४ प्रतिशत बढ्यो, उत्पादन समूह चम्किँदा बीमा र ट्रेडिङमा गिरावट, कुन समूह कति घटबढ भयो ?

काठमाडौं । आज सोमबार (चैत ३० गते) २०८२ सालको अन्तिम कारोबार दिन नेप्से सूचक ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा बन्द भएको छ । यस दिन कुल ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता अझै कायम रहेको संकेत गर्दछ। २०८२ सालको हिसाब गर्दा नेप्से सूचक ६.४४ […]

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

दमौली (तनहुँ) । यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । […]

वर्षको अन्तिम दिन ४ अंकले घट्यो नेप्से, साढे ८ अर्ब बढी कारोबार

काठमाडौं । यो वर्षको अन्तिम दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा पुगेर बन्द भएको छ । चार वटै सुचक घटेको अवस्थामा सेन्सेटिभ इन्डेक्स भने १.४९ अंकले घटेर ४७६.६५ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता […]

यस्तो बन्दैछ ‘पोखरा घर’

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन उक्त भवनको भौतिक प्रगति ९५ प्रतिशत पुगेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरको भवन तथा अन्य पूर्वाधार शाखाका प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद गौतमले इलेक्ट्रिकलतर्फको मात्र काम बाँकी रहेको बताए । दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’ छिट्टै सञ्चालनमा […]

घरजग्गा कर्जा एक दशमव सात गुणाले बढ्यो, पुग्यो पौने ३ खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जा १.७ गुणले बढेको जनाएको छ । राष्ट्र बैंकले विगत पाँच वर्षमा घर जग्गा कर्जा १.७ गुणाले बढेको छ, १ खर्ब ६०.३६ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ७५.९६ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि वृद्धि प्रवृत्ति सहज भएको छैन। राष्ट्र बैंकले सोमबार ‘रियल स्टेट कारोबारको वर्तमान अवस्था तथा […]

घरजग्गा कारोबारमा पुनः सुधार, कर्जा र राजस्व वृद्धि हुँदा २३ अर्बको राजस्व पछ्याँउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा पुनः सुधार भएको छ । कुनै आर्थिक वर्षमा २३ अर्ब बढी राजस्व संकलन घरजग्गा कारोबार पुनः लयमा फर्किदाँ १५ अर्बसम्म राजस्व संकलन पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८ /७५ को पहिलो त्रैमासमा .२३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि […]

कृषि विकास कार्यालयद्वारा ४५ करोड अनुदान वितरण

नवलपुर (नवलपरासी) । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म रु ४४ करोड ७१ लाख ७३ हजार ८५१ अनुदान वितरण गरेको जनाएको छ । कार्यालयका कृषि प्रसार अधिकृत एवम् सूचना अधिकारी विश्वास काफ्लेका अनुसार पाँच वर्षको अवधिमा जिल्लाका ९१५ जना किसानलाई अनुदान […]

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर । बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमालेटोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन आगामी वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमालेटोलमा […]

सिंहदरबारभित्र गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकाय एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले केन्द्रका प्रमुख प्रमुख मनिष भट्टराईसँगको छलफलमा सिंहदरबार र आसपासका सरकारी निकायमा सूचना प्रविधि पूर्वाधारलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिए […]