फेसबुकमा ‘अलबिदा’ लेखेका डा. केशव बालाजुमा सकुशल भेटिए
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर बालाजुमा सकुशल भेटिएका छन्। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल भेट्टाएको हो। जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेको थियो। […]

