रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेनज(नेप्से)मा रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ । रिभर फल्स पावरको ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो । त्यस्तै ,शिव श्री हाइड्रोपावरको १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचीकृत भएको […]

पाँच महिनामा आयो साढे ३८ अर्ब एफडीआई प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले साढे ३८ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता गरेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मंसिरमसान्तसम्म) मा विदेशी लगानी प्रतिबद्धता (एफडीआई) स्वरूप ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्ग गरी दुईवटा मार्गबाट आएका […]

५ महिनामा १ अर्ब १४ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु १  अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५.८१ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य […]

ट्रम्पद्वारा थप ७ देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ । यसका साथै पश्चिमी देशहरूबाट हुने नियमित यात्रामा समेत नियमहरू थप कडा […]

निरन्तर ३ दिन बढ्यो नेप्से, पौने १ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । सोमबार देखि बढेको शेयर बजार बुधबार पनि बढेको छ । बुधबार ५.७० अंकले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ अंकले बढेको हो । बुधबार ३३२ वटा कम्पनीको […]

एनएमबि क्यापिटलद्वारा २ विद्यालयमा विद्यार्थीहरुका लागि लगानीकर्ता चेतना र अन्तरक्रिया कार्यक्रम

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता पहलअन्तर्गत विद्यार्थी लक्षित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसैदिन काठमाडौंको टङ्गालस्थित टङ्गाल उच्च […]

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ । इरानको राजधानी तेहरानमा भएको बैठकमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र रूसी यातायात उपप्रधानमन्त्री भिटाली साभलेभले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) परियोजना सम्पन्न गर्ने विषयमा विचार […]

दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ। मुग्लिन–पोखरा खण्ड अन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक १ सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा […]

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकर्ताहरुलाई […]

धितोपत्र बोर्डः ‘सेयर बजारसम्बन्धी जिज्ञासा, गुनासा तथा उजुरीहरु हटलाइन मार्फत गर्नु’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारसम्बन्धी जिज्ञासा, गुनासा तथा उजुरीहरू नि:शुल्क हटलाइन मार्फत गर्न आग्रह गरेको छ ।बोर्डका अनुसार धितोपत्र लगानीसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा उजुरी भएमा बोर्डको आधिकारिक वेबसाइटमार्फत हटलाइन नम्बरमा नि:शुल्क फोन गरेर जानकारी लिन वा गुनासो दर्ता गर्न सकिनेछ । बोर्डले यस सुविधाको अधिकतम उपयोग गर्न सबै लगानीकर्तालाई आग्रह गरेको छ।