प्रधानन्यायाधीश राउत सेवानिवृत्त

काठमाडौं ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएको छ । उनलाई आज सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बिदाइ गरेका छन् । विंस २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त हुनुभएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएको हुन । उनको अवकाशपछि बुधबारदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको […]

काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई हाजिरी जमानीमा छाडियो

काठमाडौं । काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो। उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए। उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो। रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको […]

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरूको देशका रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँगको भेटमा उनले देश बनाउने हुटहुटीका साथ सरकार अघि बढेको बताउँदै निजी क्षेत्रलाई उड्ने र फैलिने वातावरण राज्यले निर्माण गरिदिने आश्वासन दिए। अर्थतन्त्र बलियो बनाउन हातेमालो गर्न आह्वान गर्दै मन्त्री वाग्लेले […]

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका १४ जना चिकित्सकको काज फिर्ता गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उणका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै […]

कमजोर क्षमतामा अल्झिएको पूर्वाधार निर्माण कम्पनी, सुधार बिना जिम्मेवारी बहन कठिन

काठमाडौं । सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीमा राष्ट्रिय प्राथमिकताका पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न सरकारी पूर्वाधार निर्माण कम्पनीलाई सक्रिय बनाउने योजना समेटिएको छ । विशेषगरी पटक–पटक ठेक्का प्रक्रिया असफल भएका वा निजी क्षेत्रले जोखिम लिन नचाहेका आयोजनाहरू कम्पनीमार्फत प्रत्यक्ष कार्यान्वयन गर्ने अवधारणा अघि सारिएको छ । तर कम्पनीको वर्तमान अवस्था हेर्दा उक्त योजना कार्यान्वयनमै चुनौती […]

प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन […]

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत

वासिङ्टन। मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने सङ्केत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँगको छलफलमा आगामी ४ देखि ६ हप्ताभित्र इरानविरुद्धको सैन्य कारबाही अन्त्य गर्न तयार रहेको जनाएको बताइएको छ, यद्यपि होर्मुज […]

ओखलढुंगाबाट ओर्लिएका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी

काठमाडौं । तीन दशक समय बिताइ सकेका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी हुन् । ओखलढुंगा चम्पादेवी ७ मा बुबा भीम प्रसाद सुवेदी र आमा पदम देवी सुवेदीका कोखमा जन्म लिएका दुर्गा प्रसाद सुवेदी व्यवसाय स्थापित गर्नका लागि काठमाडौं उपत्यकामा रही कडा परिश्रम गरेका व्यक्ति हुन् । हजुरबुबा मोहनलाल सुवेदी र आमाबुबाको प्रेरणामार्फत् मेहनती […]

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले उनको सम्मान आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताए । […]

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो । बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामि मे महिनाको […]