‘गोरे’ चुडामणि उप्रेती कारागार फर्किए

काठमाडौं ।  सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किएका छन् । यसअघि आफन्तमार्फत कारागार फर्किने सन्देश पठाएका गोरे अहिले भने कारागार फर्किसकेका छन् । उनी केही दिनअघि मात्रै कारागार फर्केको स्रोतले बताएको छ। जेन जेड आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको […]

१५ दिन पछि सार्वजनिक भए केपी शर्मा ओली

काठमाडौं । जेनजी प्रदर्शनका कारण सार्वजनिक हुन नसकेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार सार्वजनिक भएका छन् ।एमाले नेता महेश बस्नेतका अनुसार विगत आठ दिन देखि भक्तपुर गुन्डुमा बस्दै आएका ओली मंगलबार सार्वजनिक भएका हुन् । यो सँगै सुरक्षाकर्मीको सुुरक्षाबाट पछिल्लो समय उनी गुन्डु पुगेका थिए । बस्नेतले सामाजिक सञ्जालमार्फत् ओली सार्वजनिक भएको जानकारी दिएका […]

कारागार फर्किए टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। उनी मंगलबार कारागार फर्किएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ। जेनजीको प्रदर्शनको क्रममा भदौ २४ गते सुन्धारास्थित कारागारबाट भागेका थिए। उनी दुई सातापछि सुन्धारा कारागार फर्किएका हुन्। सुन्धारा कारागार फर्किएका रायमाझी डिल्लीबजार कारागार स्थानान्तरण भएर आएको कारागार स्रोतले […]

ऊर्जामन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायतका राजदूत फेनले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा […]

वीरगञ्ज नाकाबाट २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै […]

विदेशको अनुभव, स्वदेशमा उपयोग

भोजपुर । वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् । विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको एक उदाहरण हुन् । लामो समय […]

गृहसचिव दवाडीलाई हटाइयो दंगाललाई ल्याइयो, दवाडी सहित ३ सचिवको सरुवा

काठमाडौं । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । सरकारले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो । आइतबार साँझ बसेको मन्त्रिपरिषद्बले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । उनको स्थानमा रक्षासचिव रामेश्वर […]

सूर्यविनायक-धुलिखेल खण्ड शीघ्र निर्माण सम्पन्न गर्न माग

भक्तपुर । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग उद्योगी तथा यातायात व्यवसायीले सूर्यविनायक-धुलिखेल सडकखण्ड यथाशीघ्र निर्माण सम्पन्न गराउन माग गरेका छन् ।मन्त्री घिसिङद्वारा सोमबार सूर्यविनायक–धुलिखेल सडकको अवलोकन गर्ने क्रममा व्यवसायीले जगाती र साँगा खण्डमा अव्यवस्थित सडकका कारण दुर्घटना बढेको भन्दै शीघ्र निर्माण सम्पन्न गराउन माग गरेका हुन् । […]

पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यक : टान अध्यक्ष पाण्डे

काठमाडौं । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नीजि क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन नीजि क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् । जेनजी […]

राजेन्द्र मल्ल भन्छन ‘व्यवसायीलाई सरकारले ढुक्क बनाउनसक्नुपर्छ’

काठमाडौं । नेपाल चेर्म्बस अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । ‘अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति […]