एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ : मौसम विज्ञान विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मितिभन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी […]

गभर्नर पौडेलद्धारा तीन सदस्यीय बैकिङ क्षेत्र सुधार सुझाव समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि भन्दै तीन सदस्यीय, एक अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकले एक महिनाको समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो । राष्ट्र बैंककै पूर्व कर्मचारीसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा बैंकर भुवन […]

नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताए । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताए । “नेपाल सुन्दरता र पर्यटकीय दृष्टिकोणले निकै आर्कषक […]

४७ व्यापारीविरुद्ध मुद्दा दायर

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले दुई वर्षको अवधिमा ४७ जना व्यवसायीविरुद्ध  मुद्दा दायर गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट […]

अमेरिका र इरानबीच तनाव बढ्ने संकेतपछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडाैं | अमेरिका र इरानबीच तनाव बढ्ने संकेत देखिएपछि कच्चा तेलको मूल्य उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग भइरहेको वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको हो । बुधबार अमेरिकाले मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन अनुमति दिएको छ। न्यूयोर्कमा तेलको मूल्य प्रतिब्यारेल पाँच […]

ऊर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेटवार्ता

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत् क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालका जलविद्युत् आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई […]

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो । बैंकका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक शेयर धनिहरुले सूचना प्रकाशित भएको […]

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर बाँडफाँट, ९३ हजार बढी कित्ता अझै बिक्री भएन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमार्फत विक्री गरिएको अवितरित हकप्रद शेयर जेठ २८ गते बाँडफाँट गरेको छ। कम्पनीले अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएकोमा सर्वसाधारणतर्फको लकइनमा रहेको ९३ हजार ६२९ कित्ता शेयर भने बिक्री हुन सकेन । यी बाहेक बाँकी शेयर भने […]

सरकारले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने , आवेदन दिन आग्रह

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि ३५ दिनभित्र निवेदन दिन भूमि समस्या समाधान आयोगले आह्वान गरेको छ । जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने भन्दै आयोगले निवेदनको लागि पुनः आह्वान गरेको हो । आयोगले तोकिएको ढाँचामा फाराम भरी ३५ दिनभित्र वडामा खटिएका लगत सङ्कलकमार्फत निवेदन पेश गर्न भनेको छ […]

विलासिता कर र भ्याट खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीको प्रर्दशन

काठमाडौं । करलाई लिएर सुनचाँदी व्यवसायीले बिहीबार उपत्यकाको विभिन्न स्थानमा प्रर्दशन गरेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी र बहुमूल्य गरगहनामा ‘विलासिता कर’ र ‘मूल्य अभिवृद्धि कर (भ्याट)’ लगाउने घोषणा गरेपछि ललितपुरका सुनचाँदी व्यवसायीहरू प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले सुनचाँदी र हिरामा लगाइने सम्पूर्ण कर खारेजी गर, भन्सार दर व्यवस्थित गर […]