१६ सयले बढ्यो सुन, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ थियो । चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ […]

असार १६ देखि शतप्रतिशत हकप्रद निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ […]

सुनचाँदी व्यवसायीहरु आन्दोलनमा, दुई दिन पसल बन्द

काठमाडौं । सुनचाँदी व्यवसायीहरु तीन बुँदे मागसहित आन्दोलनमा उत्रिएका छन् । विभिन्न जिल्लामा व्यवसायीहरुले आज र भोलि पसल बन्द गर्ने घोषणा गरेका छन् भने बिहानैदेखि पसल बन्द गरेर प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् । सरकारले सुनमा २ प्रतिशत बिलासिताको कर, हिरापत्थरमा १३ प्रतिशत भ्याट र सुनमा ६ प्रतिशत भन्सार लगाएकोमा त्यो खारेज गर्न माग गरेका छन् […]

सुकेको खुर्सानीको मूल्य प्रतिकिलो रु ४२०, हरियो ४० मात्रै

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८६, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, […]

भिजिट भिसा प्रकरण : दुई सातादेखि संसद् अनिर्णयको बन्दी, गृहमन्त्रीको राजीनामा अड्कियो विवाद

काठमाडौं । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको आरोप लागेपछि विपक्षी दलले गरेको विरोधका कारण दुई सातादेखि संसद् चल्न सकेको छैन । बुधबार पनि सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै विपक्षी दलका सांसदहरुले उठेर नाराबाजी गरेका थिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएकोमा […]

बजेटले अवहेलना गरेको भन्दै परेको रिटलाई अग्राधिकार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललगायतलाई विपक्षी बनाउँदै दायर अवहेलना मुद्दामा बजेट कार्यान्वयनका लागि असार ८ गते दुवै पक्षलाई […]

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भोलि जेठ ३० गते १ दिन बुक क्लोज गर्न लागेकोमा आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले […]

धानको उचित मूल्य नपाउँदा किसान निराश

त्रिवेणी (नवलपरासी) । यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे, तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए। बुद्धभूमि कृषक समूहका […]

नेपाली पैसासँग सबैभन्दा महँगो कुवेती दिनार, सस्तो दक्षिण कोरियन वन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ […]

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा […]