माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

काठमाडौं । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्‌गृह रहने मालिका गाउँपालिका–७, भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो । सुरुङ खन्ने कामको शुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माणकार्यमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै […]

गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, आलु ४०

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो […]

दिल्लीमा खानाभन्दा पानी महँगो, चर्को गर्मीका बीच गहिरिँदै संकट

काठमाडौं । आधा घण्टासम्म मोटर चलाएपछि पनि ६५ वर्षीया शकुन्तला देवीले पानी नपाएपछि सिँढीबाट तल ओर्लिएर हेर्न गइन् कि अरू मानिसहरूको घरमा पानी आइरहेको छ कि छैन। उनी जस्तै, अरू मानिसहरू पनि पानीको अभावमा निराश थिए। शकुन्तला देवी भन्छिन्, ‘म दिनमा दुई पटक आधा घण्टा मोटर चलाउँछु, तर मुश्किलले एक गिलास पानी आउँछ।’ शकुन्तला देवी […]

रिलायबल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश प्रयोजनार्थ कम्पनीले सोमबार बुक क्लोज गर्न लागेकोमा आजसम्म नेप्सेमा कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको […]

निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । निफ्राले दुईपटक समयावधि थप्दै जेठ २५ गतेसम्मको समयसीमा तय गरेको थियो । बैंकले प्रतिऋणपत्र रु १,००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र बजारमा ल्याएको हो । जसमा ३० लाख कित्ता व्यक्तिगत […]

मासुजन्य पदार्थको उत्पादन हरेक वर्ष बढ्दै, प्रतिव्यक्तिलाई वार्षिक १५ ‘केजी’ मासुको उपलब्धता

काठमाडौं । सरकारले मासुजन्य पदार्थमा गरेको लगानी प्रतिफलस्वरुप हरेक वर्ष यसको उत्पादनमा वृद्धि भइरहेको छ । यो सँगै मानिसहरुलाई मासुजन्य पदार्थको उपलब्धता समेत बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षहरुमा वार्षिक रुपमा करिब चार देखि पाँच लाख मेट्रिक टन ( राँगा भैंसी, भेडा, सुंगुर/बंगुर तथा खसीबोकाको गरी )मासु उत्पादन […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि किनबेचको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा […]

कोशीभन्दा पश्चिमतर्फ सरेन मनसुन, यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जेठ १५ गते नै मनसुन भित्रिएकोमा कोशीभन्दा पश्चिमतर्फ मनसुन सरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा […]

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला

भक्तपुर । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे। उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर […]