विदेश जानको लागि सीपमूलक तालिम स्थगन

काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि सीपमूलक तालिम स्थगन गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुका लागि ३९० घण्टाको सीपमूलक तालिम हाललाई स्थगन गरिएको हो । वैदेशिक रोजगार बोर्डले आइतबार एक सूचना जारी गर्दै हाललाई ३९० घण्टाको सीपमूलक तालिम कार्यक्रम प्रक्रियालाई स्थगन गरिएको जनाएको हो । बोर्डले ११ पुसमा […]

गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी

गोरखा । गोरखामा परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हिरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सोमबार […]

कांग्रेस-एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे । उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने […]

क्यामरा जडान गरेर खोजिँदै नरभक्षी बाघ

राँझा (बाँके) । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ । बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । ‘हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामरा जडान गरेर बाघको खोजी गरिरहेका […]

पर्साको सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान

वीरगञ्ज । पर्साका राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो […]

कोशी प्रदेशको स्टार्टअप उद्यममा कुल लगानी २ अर्ब ५६ करोड, उद्यमको औसत नाफा १३.९ प्रतिशत

काठमाडौं । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको […]

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी

चितवन । उद्योग वाणिज्य संघ, चितवनको अध्यक्षमा चिरञ्जिवी सुवेदी विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक संघको नतिजा अनुसार ५९ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् । चिरञ्जिवी सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ […]

नयाँ वर्ष २०२६ को अवसरमा स्मार्ट फ्राइडे इन्साइट सिरिज अन्तर्गत एपिसोड ०२ आयोजना हुने

काठमाडौं।  नयाँ वर्ष २०२६ को अवसर पारेर लगानीकर्ताको वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित SMART Growth Venture Pvt. Ltd. द्वारा सुरु गरिएको ‘SMART Friday Insight Series’ अन्तर्गत Episode–02 आगामी शुक्रबार, ०९ जनवरी २०२६ (२५ पुष २०८२) मा आयोजना हुने भएको छ। यस एपिसोडमा “सामाजिक सुरक्षा कोष (Social Security Fund)” विषयमा केन्द्रित रहेर योगदानमा आधारित सामाजिक सुरक्षा […]

आजदेखि घट्यो अण्डाको मूल्य 

चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो । फार्ममा ठूलो अण्डा ५ सय ६५ रुपैयाँ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४ सय ७५ रुपैयाँमा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५ सय ५० […]

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एग्रि–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०औँ वर्ष प्रवेशको शुभ अवसरमा बैंकले मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम यही पुस १८ गते सम्पन्न गरेको छ । कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारको विशेष सम्बोधन रहेको थियो । […]