भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका–१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो […]

लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

गोरखा । जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत पालिकाले कृषक, कृषि समूह तथा कृषि सहकारीलाई शतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउँदै आइएको छ । […]

मध्यपूर्वमा अमेरिकी विशेष फौजका सैयौँ सैनिक तैनाथ

काठमाडौं । बीबीसीको अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अमेरिकी विशेष फौजका सैयौँ सैनिक मध्यपूर्व क्षेत्रमा पुगेका छन् । रिपोर्टअनुसार अमेरिकी नेभी सिल्स, अमेरिकी आर्मी रेन्जर्स र प्याराट्रुपर्स (हवाईमार्गबाट झर्ने सैनिक) त्यहाँ तैनाथ भइसकेका छन् । साथै अमेरिकी मरीन फौज पनि यो क्षेत्रमा उपस्थित रहेको जनाइएको छ । स्रोतहरूलाई उदृत गर्दै सीबीएसले जनाएअनुसार यी सैनिकहरूको […]

इरानबाट भारत आउने तयारीमा रहेको विमान अमेरिकी हमलामा क्षतिग्रस्त

काठमाडौं । इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परि क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो । औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला […]

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

काठमाडौं । चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ । सोमबार सम्पन्न खेलमा राजस्थान ८ विकेटले विजयी भएको हो। चेन्नईले दिएको १२८ रनको लक्ष्य १२.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानका वैभव सूर्यवंशीले सर्वाधिक ५२ रन बनाए। १७ बल खेलेका उनले ४ चौका र […]

आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।  साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ […]

इटालीबाट पोल्याण्ड लैजाँदै गरिएको १२ टन किटक्याट चोरी

काठमाडौं । युरोपमा हालै एउटा अनौठो र ठूलो चोरीको घटना सार्वजनिक भएको छ, जहाँ ४ लाख भन्दा बढी किटक्याट चकलेटहरू गायब भएका छन्। इटालीको एक उत्पादन प्लान्टबाट पोल्याण्डतर्फ लैजाँदै गरिएको  करिब १२ टन तौल बराबरका ४,१३,७९३ थान चकलेट चोरी भएको यसको उत्पादक कम्पनी नेस्लेले पुष्टि गरेको छ। यद्यपि, यो ठूलो चोरी भए तापनि बजारमा किटक्याटको […]

स्थानीय तहमा ६३ उपसचिव सरुवा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिए। खटाइएकामध्ये केहीलाई सरुवा गरिएको […]