वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु

काठमाडौं । वीरगञ्जमा जारी कफ्र्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कफ्र्यु आदेश जारी गरेको हो । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कफ्र्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रजिअ भोला […]

स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी

दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक, व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्छन्। चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिएका २७ वर्षीय उनले गत वर्षमात्र रु २१ लाखबराबरको […]

महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा साधारणसभा सम्पन्न भएको हो । सभा पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले गत असार मसान्तसम्मको वासलात तथा गत आर्थिक वर्ष (आव) को नाफा नोक्सान हिसाव एवं […]

आदिवासी जनजाति महोत्सवः नमुना घर निर्माण

तनहुँ । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ। महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो। व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर, […]

प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन

सर्लाही । लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो । चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले […]

निर्वाचन आउन दुई महिना भन्दा कम समय बाँकी, आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो । निर्वाचन आचारसंहिता, […]

चैत १ देखि दोस्रो आर्थिक गणना हुने, ५ हजार गणक परिचालन

काठमाडौं । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित दोस्रो आर्थिक गणना चैत १ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर चैत १ देखि असार मसान्तसम्म आर्थिक गणना गरिने जानकारी दिएको छ । आर्थिक गणनासम्बन्धी कार्यालयले सोमबार तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । यसअघि पहिलो आर्थिक गणना २०७५ सालको वैशाखमा […]

सुपर खुदीको पहिलो चरणको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन आवेदन ? 

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज पुस २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट […]

कस्तो रहला आजको मौसम ? 

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केहि स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक […]

अमेरिकी डलर उकालो लाग्नेक्रम जारी, अन्य देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर […]