वीरगञ्जमा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन् । वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु […]

राष्ट्रपतिलाई बुझाइयो महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले महान्यायाधिवक्ता भण्डारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएको जानकारी दिएका हुन् । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले वार्षिक प्रतिवेदनमा उल्लेखित विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताएका छन् […]

एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको संयोजनमा गत महिना मित्रराष्ट्र भारतको रांचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा नेपालको लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र उदयीमान एथलेटिक्स खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बव्लु गुप्ताले प्रोत्साहन स्वरुप बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गर्नु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री गुप्ताले ५,००० […]

उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुुझाव

काठमाडौं । उद्योगको दर्ता प्रक्रीयादेखि संचालनमा ल्याउ“दासम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूूर्तिमन्त्री अनिलकुुमार सिन्हाको ध्यानाकर्षण गराएको छ । मुुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिमा सहजिकरण  हुुनुुपर्ने चेम्बरको धारणा छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री सिन्हा समक्ष चेम्बरले स्थानीय तह, प्रदेश र संघबीचको अधिकार […]

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायक को रूपमा यो सम्मान प्रदान गरिएको हो । आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा […]

२५० भन्दा बढी वृद्धवृद्धा र बालबालिका आश्रित नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क वाई–फाई

काठमाडौं । नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको अग्रणी सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव (Silver Jubilee) को अवसरमा सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई–फाई जडान गरेको छ । नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो । जहाँ हाल २५० भन्दा बढी वृद्ध बुबाआमा तथा बालबालिकाहरूले […]

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड, संयुक्त वाणिज्य परिषद् शीघ्र सञ्चालनका लागि दुवै पक्ष तयार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन […]

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

काठमाडौं । राम कृष्ण खतिवडा एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो । चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका […]

राष्ट्रिय रेशम सम्मेलन–२०८२ घोषणा : नेपालको रेशम उद्योग पुनर्जागरणको राष्ट्रिय पहल

काठमाडौं । ह्यान्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल (HFMN) नामक गैर–नाफामूलक संस्थाले रेशम विकास केन्द्र, खोपासी (काभ्रेपलाञ्चोक) सँगको संयुक्त सहकार्यमा राष्ट्रिय रेशम सम्मेलन–आयोजना गर्ने घोषणा गरेको छ। उक्त सम्मेलन यही पुस २६ गते काठमाडौंमा आयोजना हुँदैछ । यस सम्मेलनको मुख्य उद्देश्य नेपालको रेशम उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगको रूपमा पुनःस्थापित गर्नु […]

ट्रक यातायात व्यवसायी महासंघको महाधिवेशन पुस २६ र २७ गते ललितपुरमा हुने

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ। महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेबाट सुरु हुनेछ। महासंघले उक्त कार्यक्रममा महासंघका पदाधिकारी, […]