आजलाई गोलभेडाँ ७५ र सिताके च्याउ आठ सय रुपैयाँ

काठमाडौं । हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १० गते शनिबारका लागि पनि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको हो। जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा […]

बाढीका कारण हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ बन्द

हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक गए रातिदेखि बन्द भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि गएरातिदेखि कान्ति लोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। जसका कारण अहिले सवारीसाधन आवतजावत बन्द भएको र सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका […]

हिम स्टार ऊर्जा कम्पनीले पायो आइपीओ अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले आइपीओ अनुमति पाएको छ। धितोपत्र बोर्डले आज जेठ ९ गते हिम स्टार ऊर्जालाई आइपीओ अनुमति दिएको हो। अब यो कम्पनीले हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आइपीओ निष्कासन गर्नेछ। कम्पनीले ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० […]

रवि लामिछाने थुनामुक्त नहुने पुर्पक्षका लागि थुनामा रहने पुर्णपाठ सहित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन्। सर्वोच्च अदालतले उच्च अदालत बुटवलको आदेश सदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने निर्णय गरेको हो। लामिछानेले आफूलाई थुनामुक्त गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। तर, सर्वोच्चको पछिल्लो निर्णयले उनको उक्त प्रयास विफल भएको छ। यसअघि […]

महालक्ष्मी विकास बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई […]

आगामी बजेटः अर्थमन्त्री पौडेलद्वारा योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंक गभर्नरसँग परामर्श

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको […]

दुर्घटना होइन लापरवाहीको परिणाम, ताप्लेजुङमा विद्युत तारमा अल्झिएर भएको बोलेरो दुर्घटना

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। ताप्लेजुङमा भएको विद्युतको तारमा अल्झिएर भएको बोलेरो दुर्घटनाबारेको छानबिन प्रतिवेदन बुझेसँगै मन्त्री खड्काले सो निर्देशन दिएका हुन्। मन्त्री खड्काले दुर्घटनामा चार जनाको ज्यान गएको र दुई गम्भीर घाइते […]

नाडाको प्रतिनिधिमण्डलद्वारा गभर्नरसँग भेटः अटोमोबाइल क्षेत्रको सुधारका लागि पाँच सूत्रीय सुझाव प्रस्तुत

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसंग भेटगरी नेपालको मोद्रीक नीतिसंग सम्बन्धित अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझावहरू […]

अर्थतन्त्र सुदृढीकरणमा गभर्नरको भूमिका महत्वपूर्णः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई सफल कार्यकालकका लागि बधाई एवं शुभकामना व्यक्त गरेको छ । चेम्बरका कार्यबाहक अध्यक्ष दिपक कुमार मल्होत्रा सहितको पदाधिकारी टोलीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको कार्यलयमा गएर डा. पौडेललाई बधाई एवं शुभकामना दिएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय, तथा आर्थिक क्षेत्रमा ज्ञाता एवं […]

कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालनमा आए सँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ एप प्रयोग गरि कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ । बैंकले आफ्नो स्मार्ट टेलर क्युआर प्रयोग गरि अन्य बैंकहरुको […]