माउण्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख २३ गते अन्तिम दिन रहेको हो । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख १७ गतेदेखि १ लाख ७२ हजार कित्ता सेयर निष्काशन गरेको हो । […]

