गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५मा गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो । डिभिजन वन कार्यालयका […]

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम । पूर्वी पहाडकै ठूलो नगर सूर्योदय नगरपालिकाले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक ज्ञान र कार्यक्षेत्रको अनुभव दिलाउन विशेष अभियान सुरु गरेको छ। ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ नाम दिइएको यस कार्यक्रम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहकार्य र हेल्वेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो। यस अभियानले विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार […]

लुम्बिनी विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले सेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनु पर्ने व्यवस्था बमोजिम गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समयावधि दिइएकोमा संस्थापक […]

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ५०० रुपैयाँ

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम गरी बिक्रीमा राखेको हो । उक्त सेयर छिमेक लघुवित्तकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् […]

नयाँ सरकारको कदमले ब्यवसायी वातावरण तयार भयो : उद्योग परिसंघ 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा पुराना ऐन खारेज गर्ने तथा नीतिगत सुधार गर्ने प्रतिबद्धता सार्वजनिक गरेपछि नेपाल उद्योग परिसंघ (सीएनआई) ले यस कदमलाई स्वागत गरेको छ । परिसंघका अनुसार नवगठित सरकारले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरुको सुझाव कार्यान्वयनमा प्राथमिकता राखेको देखिन्छ भने सुशासन कायम राख्ने र भ्रष्टाचार अन्त्य गर्ने आम चाहनामा सरकार […]

बालबालिकासम्बन्धी कसुरमा एमालेकी प्रदेश सांसद शर्मा पक्राउ

काठमाडौं । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो । एमाले महासचिव शंकर पोखरेल निकटस्थ रहेकी शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप थियो । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित […]

आईपीएल क्रिकेट : मुम्बईको ऐतिहासिक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले ऐनिहासिक जित निकालेको छ । मुम्बईले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले पराजित गरेको हो । मुम्बुइले यो जितसँगै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ । यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन । वानखेडे रंगशालामा भएको […]

पश्चिमी र स्थानीय वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।  यसको प्रभाव रहदा देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विभाग विज्ञान […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ […]

श्रम स्वीकृति अब एक दिनमै, श्रम मन्त्रालयले सुरु गर्‍यो नयाँ सुधार योजना

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम क्षेत्र सुधारका लागि महत्त्वपूर्ण निर्णयहरू कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकले सरकारद्वारा स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीमाथि छलफल गर्दै तत्काल कार्य योजना अघि बढाउने निर्णय गरेको हो। बैठकमा श्रम स्वीकृतिको झन्झटिलो टोकन प्रणाली हटाएर आवेदन दिएको दिनमै स्वीकृति […]