विश्व पौडेल गभर्नर बन्ने चर्चा, सिफारिस समितिबाट दिए राजीनामा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन गभर्नर विवादका कारण धर्मराएको छ । नेपाली कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने  प्रस्ताव गरेकोमा एमालेले त्यसमा सहमति जनाएको थियो । तर भट्टको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि गभर्नर नियुक्तिको विवादले नयाँ […]

मर्जर प्रस्तावसहित स्वरोजगार लघुवित्तको साधारणसभा आज

काठमाडौं । मर्जर प्रस्तावसहित स्वरोजगार घुवित्तको साधारणसभा आज हुँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११:३० बजे कम्पनीको साधारणसभा हुँदैछ । कम्पनीले साधारणसभाबाट सञ्चालक समितिको प्रस्तावअनुसार चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्दैछ । आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने र चालू आवको […]

अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्यो यी मुद्राको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ । यसदिन बेलायती पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरोपियन […]

आज तीन प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना, तराईँका अधिकांश स्थानमा अत्यधिक गर्मी

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी […]

आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्तालाई ह्याम्स अस्पतालमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ह्याम्स अस्पतालमा उपचारसेवा लिँदा १०% छुट साथै औषधि खरिदमा ५% छुट प्राप्त हुने भएको छ । आईएमई लाइफ र ह्याम्स अस्पतालबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको […]

चीनमा हुवावेको आईटो एम८ लार्ज क्रसओभरले १ लाख अर्डर पायो

काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो साइजको रेन्ज-एक्सटेन्डेड क्रसओभर गाडी आईटो एम८ ले चीनमा सार्वजनिक हुनु अघिनै १ लाख अर्डर प्राप्त गरेको छ। यसको प्रि-सेल मूल्य ३,६८,००० देखि ४,५८,००० युआन (झण्डै ५०,५४० देखि ६२,९०० अमेरिकी डलर) सम्मको रेन्जमा रहेको छ। अब यो गाडी चाँडै नै चिनियाँ बजारमा औपचारिक रूपमा प्रवेश गर्दैछ। आईटो  ब्रान्ड […]

विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब, १४ महिनाको आयात धान्न पुग्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि हुुँदै २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको देखिएको हो । २०८१ असार मसान्तसम्म भने यस्तो विदेशी विनिमय […]

चालु खाता २ खर्बभन्दा बढी बचतमा

काठमाडौं । मुलुकको चालु खाता २ खर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले […]

मूल्य वृद्धि १.२२ प्रतिशत विन्दुले घट्यो

काठमाडौं । नेपालमा मुद्रास्फीति (मूल्य वृद्धि) घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मूल्य वृद्धि घटेको देखिएको हो । २०८१ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो । […]

बढ्यो रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्स आप्रवाह गत वर्षको यो अवधिको तुलनामा १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ९ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले […]