पहिलो दिन नै नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार आइतबार पनि घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.७५ अंकले घटेर ४४६.१३ विन्दुमा पुगेर बन्द […]

कोरियामा मौसमी कामदार पठाउन कुनै निर्णय भएको छैन : श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा ‘नेपाल सरकार र कोरिया सरकारबीच यस्तो सम्झौता भएको र भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नू’ भन्ने बेहोराको पत्र प्रेसित भएको भेटिएपछि मन्त्रालयले यसबारे स्पष्टीकरण सार्वजनिक गरेको हो । यसअघि मन्त्रालयले […]

सव–इन्जिनियरको साढे तीन करोड अवैध सम्पत्ति, पत्नीसहितलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका सब– इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरणको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो । उनीविरुद्ध तीन करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँ बिगो कायम […]

नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले जवाफ दिएका हुन् । यस्ता छन्, प्रधानमन्त्री ओलीको जवाफहरु– १. गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” […]

आसेपासे पुँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन्। प्रतिनिधिसभाआइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले  भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा […]

कांग्रेस सांसद खतिवडाको चेतावनी : बजेट च्यात्ने अवस्था नआओस्

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट च्यात्ने अवस्था नओस् भन्दै सरकारको ध्यानाकषर्ण गराएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘छिट्टै बजेट आउँदैछ। म माननीय मन्त्रीजीहरुलाई आग्रह गर्न चाहान्छु-मन्त्रीको क्षेत्रमा अलि धेरै, मान्यको क्षेत्रमा अलि कम भयो भने बजेट च्यात्ने अवस्था नआओस् । त्यो अनुरोध गर्न चाहन्छु।’ उनले […]

राजावादीलाई प्रधानमन्त्रीको जवाफ– कुनै जेठ १५ मा पनि तपाईंहरुको सपना पूरा हुन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुतिर लक्षित गर्दैै आउने जेठ १५ गते मात्र नभइ कुनै जेठ १५ मा पनि राजतन्त्र नफकिर्ने ठोकुवा गरेका छन्। आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले प्रतिगामी सपना काम नलाग्ने समेत बताए। ‘जेठ १५ गते। यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै जेठ १५गते पर्खिनुहोस्,’ […]

पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण गरियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममार्फत् पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले विकास–निर्माणको ढाँचा, सुस्त गति र ‘वर्क इन प्रग्रेस’ संस्कृति परिवर्तन नगरी अघि बढ्न नसकिने दोहोर्‍याउँदै आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट […]

जेन–जीले चलाउने सबै व्यवसाय स्टार्टअप : केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका छन् । आइतबार नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा बोल्दै उनले जेन–जी पुस्ता सहभागी भएर सञ्चालन सुरु गर्ने सबै व्यवसायलाई स्टार्टअप मानिने बताएका हुन् । यो सँगै उनले स्टार्टअपको सम्बन्धमा छुट्टै व्याख्या गरेका छन् । नयाँ प्रविधि […]

बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्छ

हामी आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलमा  छौं । जटिल अन्तराष्टिय परिवेश, मुलुककोआवश्यकता र सर्वसाधारणको निराशालाई कम गर्न यसपटकको बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्ने देखिन्छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भैसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको सन्दर्भमा आगामी बर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा हामीले गरेका छौ । […]