एचजेएनबीएल : हाउण्ड्सको साताैँ जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेनएबीएल) २०२६ मा केभिसी हाउण्ड्सले विजय यात्रा राख्दै लगातार साताैा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आईतबार साँझ सम्पन्न खेलमा हाउण्ड्सले कीर्तिपुरलाई ७९-६९ को अन्तरले पराजित गरेको हो । हाउण्ड्सले कीर्थिपुर विरुद्ध २५-२१, १७-११, ११-१५, २६-२२ को प्रदर्शन गर्यो । सुरुवाती तीन खेलमा पराजित भएपछि […]

ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको हो । ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि […]

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

तेहरान । यमनका हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष रूपमा सामेल भएसँगै मध्यपूर्व द्वन्द्व थप जटिल बन्दै गएको छ । यसैबीच इरानले खाडी क्षेत्रमा रहेका दुई प्रमुख एल्युमिनियम प्लान्टमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गर्दै क्षेत्रीय आर्थिक जोखिम थप गहिरिएको सङ्केत दिएको छ । फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलद्वारा गरिएको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर […]

मध्यपूर्व युद्धमा पाकिस्तानको कूटनीतिक सक्रियता

इस्लामावाद । मध्यपूर्वमा फैलिँदै गएको युद्धका बीच तनाव कम गर्ने प्रयासस्वरूप पाकिस्तानले साउदी अरेबिया, टर्की र इजिप्टका विदेशमन्त्रीहरूलाई इस्लामावादमा आमन्त्रण गर्दै महत्त्वपूर्ण कूटनीतिक पहल अघि बढाएको छ । आइतबार हुने चारपक्षीय बैठकमा क्षेत्रीय सुरक्षा, युद्धको अवस्था र तनाव न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल हुने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानले यसबीच अमेरिका र इरानबीच संवादको […]

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको […]

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले आइतबार दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। जिल्ला सरकारी वकिल कार्यालयले प्रारम्भमा १० दिन हिरासतको माग गरेको थियो। ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियो। […]

यमाहा नेपालद्वारा ‘नाउ आइ एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक: नेपालकै एकमात्र हाइब्रिड इन्जिनको सफलताको उत्सव

काठमाडौं । विश्वभर इन्धनको मूल्य उच्च विन्दुमा पुगिरहेको वर्तमान समयमा यमाहा नेपालले आधिकारिक रूपमा आफ्नो अहिलेसम्मको सबैभन्दा प्रभावशाली अभियान: “Now I am 71.33 kmpl” सार्वजनिक गरेको छ। यो अभियान नेपालको बजारमा हाइब्रिड प्रविधिलाई सफल रूपमा अपनाइएको र स्थापित गरिएको खुसियालीमा ल्याइएको हो । नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरको रूपमा, यमाहा RayZR 125-FI हाइब्रिड अब एक […]

‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी […]

नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ जारी गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। २०८२ चैत १५ गते सम्पन्न सम्झौता कार्यक्रममा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नेपाल सेरामिक इण्डष्ट्रीका अध्यक्ष शम्भु नाथ झाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे […]

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिए । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु भएको छ […]