रविको मुद्दा संशोधनविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। आज संयुक्त इजलासमा भएको बहसपछि मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने आदेश भएको सर्वोच्च प्रशासनले जनाएको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। निवर्तमान महान्यायाधिवक्ता सविता भण्डारी बरालले […]

ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएको सरकारको कार्ययोजनाप्रति इप्पानको स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले नयाँ सरकारको ऊर्जा क्षेत्र केन्द्रित कार्य योजना प्रति स्वागत जनाएको छ । निजी ऊर्जा उत्पादकहरूको छाता संगठन इप्पानले सरकारको नीतिले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको हो । इप्पानका अनुसार हाल संस्थामा ५७० भन्दा बढी ऊर्जा उत्पादक कम्पनी आबद्ध छन्। देशको कुल विद्युत […]

मनसुनअघि विपद् तयारी तीव्र बनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट बीच मन्त्रालयमै छलफल भएको छ। छलफलका क्रममा गृहमन्त्री गुरुङले मनसुन सुरु हुनुअघि नै सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका निकायहरूलाई समयमै योजना बनाएर पूर्वतयारी गर्न विशेष जोड दिए । […]

नयाँ सरकार गठन पछिको पहिलो कारोबार: सेयर बजारमा पहिरो, नेप्से सूचक ७१ अंक घट्यो

काठमाडौं । नयाँ सरकार गठन पछिको पहिलो कारोबार दिनमा नेप्से सूचकमा पहिरो गएको छ । बजार ७१.०५ अंकले घटेर २ हजार ८७९.११ विन्दुमा झरेको छ । नेप्से सूचूक यस दिन २.४ प्रतिशत घटेको हो । नेप्से सूचकसँगै अरु सबै उपसमूह पनि घटेका छन् । यस दिन १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार […]

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं । बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न सफल भएका छन्। बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस’ को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन्। जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित गर्दै पुनःदोस्रोपटक […]

७ महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य […]

जग्गाको डिजिटल लगत संकलन गर्ने, तत्काल अवैध कब्जा हटाउने

काठमाडौं । बालेन्द्र साह सरकारले मुलुकभरका जग्गालाई व्यवस्थित गर्ने जनाएको छ । साह नेतृत्वको सरकारले स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरू सार्वजनिक गर्दै भूमि सम्बन्धी उक्त व्यवस्था गरेको हो । जसअनुरुप देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गरिने छ । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या १००० […]

सरकारी सेवा मोबाइलमा: सहज, छिटो र पारदर्शी बनाइने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले मन्त्रिपरिषद्को चैत १३ को बैठकमा स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू मार्फत देशको प्रशासनिक प्रणाली, डिजिटल शासन र डेटा व्यवस्थापनमा महत्वपूर्ण सुधार ल्याउने निर्णय गरेको छ । सरकारको लक्ष्य सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित र अन्तरआवद्ध  बनाउनु रहेको जनाइएको छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहका सबै […]

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

काठमाडौं। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले राजीनामा दिएका छन्। उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्। गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी रहँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई कारण देखाउँदै राजीनामा दिएका हुन्। राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन […]

महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदबाट पीएसपीपी कार्यान्वयन गर्ने निर्णय स्वागतयोग्य कदमः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा २०८२ चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले २०८२ कार्तिक २२ गते आर्थिक बहसः २.० कार्यक्रम आयोजना गरि परिवर्तित अवस्थामा उक्त रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको ध्यानाकर्षण गराएको थियो । […]