आर्थिक र लगानी सुधार अभियान: सरकारको नयाँ कार्यसूचीले उद्योग, रोजगारी र पर्यटनलाई नयाँ गति दिने

काठमाडौं । नेपाल सरकारले मन्त्रिपरिषद्‌को चैत १३ गतेको बैठकमा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू मार्फत राष्ट्रिय विकास, लगानी वातावरण सुधार र निजी क्षेत्र सुदृढीकरणमा नयाँ अध्याय सुरु गरेको छ । यस कार्यसूचीले लगानी, उद्योग, निजी क्षेत्र प्रवर्द्धन, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा ठोस कदमहरू समेटेको छ। सरकारले उद्योग दर्ता, स्वीकृति र सञ्चालन प्रक्रियालाई सरल, […]

इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट

बेइरुत । लेबनानको कृषि मन्त्रालयका अनुसार, लगातारका इजरायली आक्रमणले करिब ४६ हजार ४७९ हेक्टर कृषि भूमि नष्ट गरेको छ, जुन देशको कुल खेतीयोग्य क्षेत्रको २२ प्रतिशत हो । अधिकांश नोक्सान लेबनानको मुख्य कृषि क्षेत्र दक्षिण र नबातिये प्रान्तमा केन्द्रित छ, जहाँ ४४ हजार २९७ हेक्टर भूमि प्रभावित भएको छ, अन्य क्षेत्रहरूमा मात्र दुई हजार १८१ […]

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो । शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण […]

रवि लामिछानेले लिए काठमाडौँ अदालतबाट तारेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन् । आइतबार बिहान अदालत पुगेर लामिछानेले तारेख बुझेका छन् । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा खेपिरहेका छन् ।  

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताए । यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र […]

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको छ । गत शुक्रबार […]

सरकारद्वारा सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने निर्णय

काठमाडौं । सरकारले देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न महत्वपूर्ण पहल अघि बढाएको छ। यसअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी अधिकारसम्पन्न “सम्पत्ति छानबिन समिति” गठन गर्ने निर्णय गरिएको छ । उक्त समिति १५ दिनभित्र गठन गरिनेछ र यसमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरू […]

अमेरिकामा “नो किङ्स” प्रदर्शन: ट्रम्प नीतिविरुद्ध व्यापक विरोध

काठमाडौं । संयुक्त राज्य अमेरिकाभर “नो किङ्स” नामक आन्दोलनअन्तर्गत व्यापक प्रदर्शनहरू भएका छन्, जसमा हजारौं मानिसहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू, बढ्दो महँगी र इरानसँगको युद्धको विरोध गरेका छन् । देशका ठूला सहरदेखि साना सहर र ग्रामीण क्षेत्रसम्म फैलिएका यी प्रदर्शनहरूले अमेरिकी राजनीतिक अवस्थाप्रति बढ्दो असन्तुष्टि झल्काएको छ। देशभर तीन हजारभन्दा बढी स्थानमा आयोजित यी प्रदर्शनहरूमा […]

यमनका हुथी विद्रोहीद्वारा इजरायलमा मिसाइल आक्रमण, आगामी दिनहरुमा निरन्तर आक्रमणको चेतावनी

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलमाथि दोस्रोपटक मिसाइल आक्रमण गरेका छन्। उनीहरूले आगामी दिनहरूमा पनि यस्ता आक्रमणहरू जारी राख्ने चेतावनी दिएका छन्, जसले क्षेत्रीय द्वन्द्वलाई अझ चर्काउने संकेत दिएको छ। हुथी समूहले दक्षिणी इजरायलका विभिन्न सैन्य लक्ष्यहरूमा क्रुज मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ। समूहका प्रवक्ताका अनुसार यी आक्रमणहरू […]

नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वागत

काठमाडौं । नेपाल उधोग बाणिज्य महासङघका अध्यक्ष चन्द्र ढकालले  बालेन सरकारको पहिलो मनत्रीपरिषद बैठकबाट निर्णय गरि ल्याएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको स्वागत गरेका छन् । उनले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर शुक्रबार सार्वजनिक भएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि […]