सहकारी ठगी प्रकरणमा रविपत्नी निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम […]

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगसहित मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै तीनवटा अभियोगमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध आइतबार अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता गरिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत पाँच जनाविरुद्ध संगठित रुपमा सहकारी […]

२५८३ मा नेप्से घट्दा पनि ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारदेखि आरोलो लागेको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६९ अंकले घटेर ४४३.०८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.१३ र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

१० ठूला वाणिज्य बैंकको ऋण परीक्षणका लागि पुन: प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणका लागि पुन: प्रस्ताव गरिएको छ । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) सँगको सम्झौताअनुसार १० ओटा ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले पुन: प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकले शुक्रवार सार्वजनिक सूचना जारी गरी अन्तरराष्ट्रिय लेखापरीक्षक कम्पनीबाट प्रस्ताव आह्वान गरेको हो […]

पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ। निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ। पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक […]

५८ अर्ब ३१ करोड थप हुदाँ करिब २५ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं । सार्वजनिक ऋण करिब २५ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको ५ महिनामा सरकारको ऋण ५८ अर्ब ३१ करोड रुपैयाँ थपिएको छ । कार्यालयका अनुसार सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ र बाह्य […]

इनफिनिक्सले दशैं धमाका: बम्पर पुरस्कार भेस्पा एलेगान्ते १५० वितरण गर्दै सम्पन्न

काठमाडौं । दशैंको रमाइलोलाई थप विशेष बनाउँदै इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता काठमाडौँका बिर बहादुर तामाङलाई घोषणा गर्‍यो। बम्पर पुरस्कारको रूपमा आकर्षक भेस्पा एलेगान्ते १५० स्कूटर एक विशेष कार्यक्रममार्फत तामाङलाई प्रदान गरियो। समारोहमा इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूले सो उपहार हस्तान्तरण गरे। यो योजना सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मका लागि तय गरिएको भए पनि नोभेम्बर […]

गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई सार्वजनिक निष्काशन सुरु

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना “गरिमा समृद्धि योजना” आज २०८१ पुस ७ गतेबाट सार्वजनिक रुपमा निष्काशन भएको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त यस योजनाले कुल एक अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गरेको हो। यो योजना सामूहिक लगानी कोष अन्तर्गत […]

हिमालयन डिष्ट्रीलरीको साधारण सभा पुस २८ गते, २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन डिष्ट्रीलरी लिमिटेडले आगामी चौबीसौं साधारण सभा पुस २८ गते आइतबार गर्ने भएको छ । संस्थाको चौबीसौं साधारण सभा पुस २८ गते आइतबार पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर २१, लिपनिविर्ता स्थित कम्पीको रजिष्र्टड कार्यालयमा विहान १० बजे बस्ने भएको हो । संस्थाले साधारण सभामा आर्थिक वर्ष २०८०/८१ सम्मको कम्पनीको सञ्चित मुनाफा सेमतबाट चुक्ता […]

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण

काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ । विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाइ ‘रिकग्निसन’ प्रदान गरिएको थियो । एकहजार बढी बिशिस्ट ब्यप्तिहरुको उपस्थितिमा ह्यात रिजेन्सी काठमाडौँमा आयोजना भएको भब्य समारोहबीच आइसिटी अवार्ड […]