चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
काठमाडौं । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि ठप्प रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि पुनः नियमित हवाई उडान सुरु भएको छ। वर्षायाममा बाक्लो हुस्सु र कुहिरोले गर्दा भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि काठमाडौं-ताप्लेजुङ-काठमाडौं उडान पूर्ण रूपमा अवरुद्ध भएको थियो। सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार मौसममा सुधार आएसँगै उडान सहज बनेको […]

