तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज  पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई […]

नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै

ओस्लो। विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कारमध्ये एक मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज (शुक्रबार) नर्वेजियन नोबेल समितिले गर्दैछ । विज्ञहरूका अनुसार समितिले सामान्यतया विश्व शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्वको प्रवर्द्धन र ती उद्देश्यलाई सुदृढ पार्ने संस्थाहरूको योगदानमा ध्यान केन्द्रित गर्ने परम्परा राख्दै आएको छ । यस वर्ष पनि सम्भावित विजेताको अनुमान र अड्कलबाजी […]

युवा संघलाई मोटरसाइकल र्‍याली गर्न सरकारले अनुमति नदिने

काठमाडौं ।  सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्‍याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र सभा गर्न खोजेको भए पनि शान्ति सुरक्षाको स्थिति बनाइराख्नका लागि अनुमति नदिएको उल्लेख गरेको छ। ‘गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी […]

कामना सेवाको १९ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा असोज २४ गते लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट १० प्रतिशत वोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ । साथै, उक्त […]

कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवद्र्धनका लागि सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ (सेटफोरएनपीएल) परियोजना अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग […]

आगजनीमा परेको बिपी स्मृति भवनमा कांग्रेसको बैठक

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा मुलुकभर विभिन्न सरकारी तथा निजी भवनमा तोडफोड, लुटपाट र आगजनी भयो । साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका कार्यालय र ती पार्टीका नेता तथा कार्यकर्ताका निजी निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको थियो । आन्दोलबाट ठूलो क्षति […]

अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्न चेम्बरद्धारा अर्थमन्त्री खनाल समक्ष आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न अर्थमन्त्री रामेश्वर खनालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर पदाधिकारी र कार्यसमिति टोलीले सिंहदरवारमा अर्थमन्त्री खनालसंग भेटवार्ता गर्दै वर्तमान परिस्थितीमा औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको हो । […]

निर्यातमा सरकारले दिंदै गरेको अनुदान रोकियो

काठमाडौं । सरकारले सुरु गरेको नगद अनुदान दिने सम्बन्धी काम उद्योग विभागले रोकेको छ । नेपालबाट वस्तु तथा सेवाको निर्यातलाई प्रवर्द्धन गर्न यस्तो नगद अनुदानको व्यवस्था गरिएको थियो । विभागले बिहीबार एक सूचना जारी गर्दै नगद अनुदान रोकेको हो ।

यूकेमा क्रिप्टोकरेन्सी सम्बन्धी नियम परिवर्तन, लगानीकर्तालाई चेतावनी

काठमाडौं । यूकेको लगानी बजारमा हालै क्रिप्टोकरेन्सी सम्बन्धी ऐतिहासिक परिवर्तन भएको छ । अक्टोबर ८ देखि पुरानो रोक हटाइएपछि खुद्रा लगानीकर्ताहरू अब क्रिप्टो एक्सचेञ्ज-ट्रेडेड नोट्स (ETNs) मा लगानी गर्न सक्ने भएका छन्। ETNs भनेको विशेष सम्पत्तिसँग जोडिएको ऋण उपकरण हो, जसले लगानीकर्तालाई डिजिटल टोकनहरूमार्फत बजारमा एक्सपोजर दिन्छ। सरकारले यस कदमलाई यूकेको क्रिप्टो उद्योगको वृद्धिलाई प्रोत्साहित गर्ने […]

नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्यायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै  यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो ।