रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा। गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम […]

सचिन ढकालले फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । युवा उद्यमी सचिन ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचनको उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा रहेका उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम […]

४.५ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले दोस्रोपटक आज बिहान ८:४५ बजे गरेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो। यसअघि आजै बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो। यो सुरुवाती मापन थियो। सबैभन्दा तल पुगेको तापक्रम नै सम्बन्धित दिनको न्यूनतम तापक्रम हो। […]

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको […]

बुद्ध एयर दुर्घटना अनुसन्धान गर्न काठमाडौँबाट चन्द्रगढी विमानस्थल पुग्यो प्राविधिक टोली

काठमाडौं । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको जहाज दुर्घटना अनुसन्धान गर्न काठमाडौँबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा टोली शनिबार बिहान त्यहाँ पुगेको छ। प्राधिकरणका महानिर्देशक डि.सि.एल. कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिसहित बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरण लिएर चन्द्रगढी विमानस्थल पुगेको हो। गएराति काठमाडौंँबाट झापाका लागि उडेको […]

कैलाली -४ बाट एमाले उपमहासचिव लेखराज भट्ट सिफारिस

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्ट फागुन २१ मा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर -४ बाट चुनाव लड्ने भएका छन्। एमाले कैलालीका सचिव भुणमणी भट्टका अनुसार क्षेत्र नं. ४ को समन्वय कमिटीको बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेर भट्टको एकल नाम सिफारिस गरिएको हाे । क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश […]

पोखरा–मुग्लिन सडक: पश्चिम खण्डको म्याद तेस्रो पटक थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ। योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि […]

एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार सङ्ग्रहालय अवलोकन

ललितपुर । पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् । अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ […]

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैंचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान सवा ६ बजेको समयमा ४.६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला […]

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]