चुनावका लागि फागुन १८ गते रातिदेखि सीमा नाका बन्द हुने
वीरगञ्ज । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गर्दै फागुन १८ गते मध्यरातदेखि सीमा नाका बन्द हुने जानकारी गराएको हो। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामा फागुन १८ गते सोमबार राति १२ः०० देखि […]

