अर्थमन्त्री वाग्लेद्वारा आगामी बजेटका प्राथमिकता सार्वजनिक, स्रोत व्यवस्थापनमा चुनौती देखिएपनि सरकारले व्यवस्था गर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेको वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर तयार गरिने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै उनले आगामी बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन ठूलो चुनौती भए पनि सरकारले आवश्यक व्यवस्था गर्ने बताए। […]

ट्रम्पले इरानको शान्ति प्रस्तावलाई ‘कबाड’ भने, कूटनीतिक संकट गहिरिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रस्तुत पछिल्लो शान्ति प्रस्तावलाई कडा आलोचना गर्दै “पूर्ण रूपमा अस्वीकार्य” र “कबाड” भनेका छन्। यो अभिव्यक्ति अलजजिरा लाइभ अपडेटमा समेटिएको रिपोर्टमा उल्लेख गरिएको हो । उक्त रिपोर्ट अनुसार ट्रम्पले इरानसँगको युद्धविराम अहिले “जिवन–समर्थनमा” रहेको संकेत गरेका छन्। यसले इरान–अमेरिका बीचको शान्ति प्रक्रिया अत्यन्त कमजोर अवस्थामा पुगेको र दुवै […]

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश, सैद्दान्तिक छलफल सकियो

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश भएको छ । सो विधयक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आजको प्रतिनिधिसभाको वैठकमा पेश गरेका हुन । राष्ट्रिय प्राथमिकताका परियोजनामा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासको लागि स्रोतको व्यबस्था गर्न र नीजी क्षेत्रलाई सार्वजनिक पुर्वाधार विकासमा जोड्न बिधेयक ल्याइएको बताए । यस अघि वैकल्पि विकास परिचालन […]

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा दुई हजार २१२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई संकलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ *मापसे) सेवन गरी सवारी चलाउने ८३, राइड सेयरिङमा १७९, रातोबत्तीमा […]

सेयर धितोकर्जा १ खर्ब ६० अर्ब नजिक, साना लगानीकर्ताको आकर्षण बढ्दो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो (मार्जिन नेचर) कर्जामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म यस्तो कर्जा २८.४९ प्रतिशतले बढेर १ खर्ब ५९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैतसम्म यस्तो कर्जा १ खर्ब २४ […]

‘बरघर’ ऐन बनाउँदै लुम्बिनी प्रदेश

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको पहिचानसँग जोडिएको ‘बरघर’ ऐन निर्माण गर्न लागेको छ । त्यसका लागि आगामी बर्से अधिवेशनमा विधेयक पेस गर्ने तयारी रहेको प्रदेश सभामुख तुलाराम घर्तीले जानकारी दिए । उनले ऐनका लागि ‘मस्यौदा’ तयार भइसकेको गरी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले अब बस्ने प्रदेशसभा बैठकमा पेस गरिने बताए । थारू समुदायमा बरघर, […]

प्रतिनिभि सभाका सचिव हर्कराज राईको पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । उनको राजीनामा मंगलबार राष्ट्रपति रामचनद्र पौडेलले स्वीकृत गरे सँगै राई पदमुक्त भएका हुन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै राई पदमुक्त भएको जानकारी गराएको हो । ‘ सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय सभामुख श्री डोल अर्यालको मिति २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचि […]

पुराना दलले विश्व विद्यालयहरुलाई दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गर्नुभयो : गणेश पराजुली

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पुराना दलले विश्व विद्यालयहरुलाई दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गरेको आरोप लगाए । प्रतिनिभि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जसरी पुराना पुस्ताहरुले सोच्नुहुन्थ्यो त्यसरी यो पुस्ताले नसोच्ने समेत बताए । साथै उनले वर्तमान सरकारले सय बुँदे कार्यक्रममार्फत गरेका कामहरूलाई हेर्न समेत […]

बजेटको प्राथमिकतामा अर्थतन्त्रको पुनर्संरचना, सुशासनको लाभांशसम्मका ५ क्षेत्र राखिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा निजी क्षेत्रको विस्तारदेखि अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ वटा क्षेत्रलाई राख्ने भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गर्ने आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा मुख्य गरी ५ वटा क्षेत्रलाई राख्ने भएका हुन् । उनले अर्थतन्त्रको पुनरसंरचना, डिजिटलदेखि वस्तुबजारसम्मको कनेक्टिभिटिसहित निजी क्षेत्रको विस्तार बजेटका प्राथमिकता पर्ने […]

बालेनलाई हर्कको प्रश्न- प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन नगरेकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री छ कि छैन भन्ने थाहा नभएको टिप्पणी गरे। ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? ’, […]