आजदेखि घट्यो अण्डाको मूल्य 

चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो । फार्ममा ठूलो अण्डा ५ सय ६५ रुपैयाँ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४ सय ७५ रुपैयाँमा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५ सय ५० […]

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एग्रि–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०औँ वर्ष प्रवेशको शुभ अवसरमा बैंकले मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम यही पुस १८ गते सम्पन्न गरेको छ । कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारको विशेष सम्बोधन रहेको थियो । […]

नक्कली नोटको कारोबार मौलाउँदै

काठमाडौं । नेपालमा नक्कली नोटको कारोबार मौलाएको छ । यस्तो कारोबार शून्य बनाउन नेपाल प्रहरी असफल देखिएको हो । सोमबार मात्रै नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका हुन् । अर्थतन्त्रमा सुस्तता आइरहेको समयमा अवैध कार्य निरुत्साहित हुनुपर्नेमा नक्कली नोट छाप्ने मेसिनसहित मानिसहरु पक्राउ परेका हुन् । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा […]

नेपाल धितोपत्र बोर्डले कमायो ७० करोड नाफा, जगेडामा करिब ४ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत वर्ष ७० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २७ करोड ६० लाख रुपैयाँ अर्थात, ६५.०४ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ मा बोर्डले ४२ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नेपाल धितोपत्र बोर्डले गत वर्ष १ अर्ब भन्दा धेरै […]

आज फेरि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।  राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ घ’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । मंगलबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

प्रचण्ड आन्तरिक छलफलमा व्यस्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे एकता प्रक्रियामा जोडिएका प्रमुख नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीसँग सम्बन्धित बाहिरी कार्यक्रम रोकेर आन्तरिक छलफलमा जुटेका प्रचण्डले दिउँसो नेकपाका प्रमुख नेताहरूसँग छलफल गर्न लागेका हुन् । उनले बिहान सहसंयोजक माधव कुमार नेपालसँग राष्ट्रिय सभा सदस्य तथा […]

३ सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने […]

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बागलुङ । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम […]

सुन र चाँदी दुवैमा मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार सुपैयाँ थियो । चाँदी पनि १८५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा […]

एक्लो – १ : नेपालको पहिलो (साइ–फाइ) चलचित्र मार्फत नेपाली सिनेमाको नयाँ युगको सुरुवात

काठमाडौं। निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन् २०२६ को सुरुवातसँगै नेपाली सिनेमामा अभूतपूर्व स्केल र महत्वाकांक्षासहित नयाँ अध्यायको थालनी गरेको छ। सन् २०९० को परिवेशमा आधारित यो चलचित्र, एक विनाशकारी भाइरसका कारण मानव सभ्यताले पृथ्वी परित्याग गर्न बाध्य भएको कथालाई केन्द्रमा राख्छ। उजाड बनेको पृथ्वीमा बाँकी रहेका सभ्यताका अवशेष, दबिएका सत्यहरू र अदृश्य […]