काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी आउने

काठमाडौं । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनले भने, “पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।” विसं २०७८ […]

शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्  । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे । अन्तरिक्ष प्रविधि, न्यूक्लियर […]

कर्मचारीले घुस मागे सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने

काठमाडौं । कर्मचारीले  घुस तथा रिसवत मागेमा अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ । “अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको […]

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। शपथ खानेहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेल रहेका छन्। सिन्हाले उद्योग, वाणिज्य, कानुन र भूमि व्यवस्था , पुनले […]

संघभन्दा बढी भ्रष्टचार स्थानीय तहमा, संघमा १२ हजार ४७५ उजुरी पर्दा स्थानीय तहमा १९ हजार बढी उजुरी

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ३५औँ वार्षिक प्रतिवेदनका अनुसार सबैभन्दा बढी भ्रष्टचार स्थानीय तहमा भएको बताइएको हो । अख्तियारको वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार बागमती र दोस्रोमा मधेश प्रदेशमा भएको भन्दै कारबाहीका […]

गाजाको पीडामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता : प्यालेस्टाइनलाई मान्यता दिने तयारी

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभा सुरु हुनुअघि फ्रान्स, बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगल जस्ता प्रमुख राष्ट्रहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा मान्यता दिने तयारी गरेका छन् । पछिल्लो समय केही पश्चिमी मुलुकहरूद्वारा व्यक्त भएको यो समर्थनले इजरायल सरकारलाई चिन्तित बनाएको देखिएको छ । गाजामा जारी सशस्त्र द्वन्द्वका कारण गम्भीर मानवीय सङ्कट […]

चार दिनदेखि भादगाउँ–खिरखादी खानेपानी अवरुद्व

तनहुँ । व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण अवरुद्ध भएको छ । व्यास–१३ मा पर्ने खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाएपछि पानी वितरण प्रभावित भएको हो । करिब १३ किलोमिटर टाढाबाट भादगाउँ खानेपानी तथा उपभोक्ता समितिले पानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए। […]

चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौं ।  मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो ५ दिनमा १ लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा १ लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न […]

यात्रुवाहक सवारीसाधनलाई आजदेखि देशभर रुट परमिट खुला

काठमाडौं । सरकारले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि देशभर रुट परमिट खुला गरेको छ । चाडपर्वमा यातायात व्यवस्थापनका लागि आजदेखि असोज २२ गते (पूर्णिमाकाे पर्सिपल्ट) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । त्यस्तै, बुटवल–नारायण घाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) […]

जेनजी आन्दोलनमा भएको क्षतिमा २२ अर्ब २५ करोडको बिमा दाबी, कुनको कति ?

काठमाडौं । गएको भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको […]