गणपति लघुवित्तले लाभांश नदिने

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको माघ ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।  

नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा अवितरित रहेको सेयर लिलाम बिक्रीमा राखेको हो । हकप्रद सेयर बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता सेयर बाँकी बसेको थियो । सो सेयर लिलाम […]

बैंकहरुले दिए ८७ अर्ब ५६ करोड सुनचाँदी कर्जा, कुन वाणिज्य बैंकको कति कर्जा ?

काठमाडौं । बैंक तथा वित्तसांस्था बाट सुनचाँदी धितो कर्जा प्रवाह बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२\८३ को मंसिरसम्म बैंक तथा वित्तसांस्थाको उकत कर्जा ९५ अर्ब ५४ करोड ३० लाख रुपैयाँ पुगेको छ । जुन गत आवक तुलनामा ४४.२१ प्रतिशतले बढी हो । गत आवमा बैंक तथा वित्तसांस्था बाट ६५ अर्ब ५५ […]

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा […]

राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा  रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । बैंकको केन्द्रिय कार्यालय काठमाडौं तथा विभिन्न प्रदेशमा रहेका बैंकका प्रादेशिक कार्यालयहरुमा सञ्चालित रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदाताले रक्तदान गरेका छन् । त्यसैगरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा २५० जना कर्मचारीले […]

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे

काठमाडौं । बैंक प्रणलिमा अधिक तरलत भएपछि नेपाल रष्ट्र बैंकले आज ७ गत २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो ।  राष्ट्र बैंकले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार माघ ७ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ […]

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको माघ ६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

मञ्जुश्री फाइनान्सको नाफा १३ करोड ५३ लाख, प्रतिसेयर आम्दानी २० रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा आएको सुधारले नाफा बढेको हो । यस […]

सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड गरिएको छ । कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको हो । यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड इकाई बिक्रीमा आएको थियो । जसमध्ये १ […]

नाफासँगै घट्यो निफ्राको प्रतिसेयर आम्दानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नफामा ३६.१५ प्रतिशतले कमी आएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको […]