एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन […]

बैंक तथा वित्तीय संस्था लक्षित उच्छृङ्खल गतिविधिप्रति नेपाल राष्ट्र बैंकको गम्भीर चासो

काठमाडौं । हालै बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कानुनअनुसार कर्जा प्रवाह, अनुगमन र असुलउपर गर्ने जिम्मेवारी वहन गर्ने उल्लेख गर्दै ऋणीले कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्नेमा जोड दिएको छ। कर्जा भुक्तानीमा समस्या आएमा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था रहेको पनि जनाएको छ। […]

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्र्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ […]

खराब कर्जा, गैर बैंकिङ सम्पत्ति, कालोसूचीको विषयमा राष्ट्र बैंकले लियो लचिलो नीति (एकीकृत निर्देशन सहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा हुने खराब कर्जा, गैर बैंकिङ सम्पत्ति, कालोसूचीको विषयलाई लिएर नेपाल राष्ट्र बैंकले लचिलो नीति लिएको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनन्सहरुलाई एकीकृत निर्देशन, २०८१ जारी गर्दै खराब कर्जा, गैर बैंकिङ सम्पत्ति, कालोसूची लगायतका विषयमा लचिलो नीति लिएको जनाएको हो । २ अर्ब वा सो […]

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र करसहित १२.५० प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा […]

लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक र  कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो । नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २१३.६४ रुपैयाँ कायम भएको छ । सोमबारको अन्तिम कारोबार […]

साढे ५५ खर्बले नाघ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमार्फत् निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत अर्थात् रु ६५ अर्ब ४ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा  बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा […]

आईएफसीले जलवायु वित्त विकासका लागि राष्ट्र बैंकलाई प्राविधिक सहायता उपलब्ध गराउने

काठमाडौं । नेपाल राष्ट्र बैंक र आईएफसीबीच जलवायु वित्तको रणनीति विकाससम्बन्धी समझदारी नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आज बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । सोसम्बन्धी सझदारीपत्रमा बैंकका तर्फबाट गभर्नरको कार्यालयका कार्यकारी निर्देशक […]

करिब ७५ खर्ब पुग्यो निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/ ८३ को चार महिनामा  बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत […]

चालु खाता करिब ३ खर्ब, शोधनान्तर स्थिति पनि ३ खर्बले बचतमा

काठमाडौं । पछिल्लो चार महिनामा करिब ३ खर्बले चालु खाता बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु  आर्थिक वर्ष २०८२/८३ पहिलो चार महिनामा चालु खाता रु. २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही […]