डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य

काठमाडौं ।  प्रभु बैंक  र एवन ग्रेटर नेपाल यातायात प्रालिबिच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् । विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने […]

बजारबाट आज राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा पैसा (तरलता) बढी भएपछि आज फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज २१ दिनका लागि ५० अर्ब रुपैयाँ झिक्न […]

नेपाल क्लियरिङ हाउसको सबै सेवामा भ्याट लाग्ने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्ने सेवाहरूको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । मंगलवार नेपाल क्लियरिङ हाउसले एक सूचना जारी गर्दै एनसीएचएलले आफ्ना सेवाको कारोबार शुल्कमा भ्याट लाग्ने जानकारी दिएको हो । सरकारले आर्थिक ऐन, २०८१ मा एनसीआईटीले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ) सेवालाई मूल्य अभिवृद्धि कर छुट […]

सिटिजन्स बैंकको ८.९९५ घर कर्जा योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात संगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रती बर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ । यो योजना […]

एनएमबि बैंकको ईभी-अटो लोन लोन ८.९९ प्रतिशतमा ७ वर्षको लागि

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य […]

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरूवात गरेको छ । यस विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक/ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको साउन १ देखि लागू हुने गरी शुभारम्भ गरेको हो । यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले  BHIM र PhonePe […]

बैंकका कर्मचारी माथि भएको भौतिक तथा मानसिक आक्रमण बन्द गर्न सरकार प्रतिबद्ध

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज (मंगलबार) नव नियूक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलसंग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्यााएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेको बैंकिङ्ग क्षेत्रका चुनौतीहरुका विषयमा जानकारी गराए । साथै, बैंक […]

नबिल बैंक परिसरमा तस्बिर प्रदर्शनी

काठमाडौं । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि बैंकको स्थापनाको ४०औँ वर्षको अवसरमा केन्द्रिय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरेको छ । प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल […]

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नम्बर २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौंको काठमाडौं महानगरपालिका वडा नम्बर ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की […]

सिटिजन्स बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम […]