झण्डै २० खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं ।  राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति करिब २० खर्ब रुपैयाँ पुगेको बताएको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको बताएको छ । गत आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ […]

महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता, विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, […]

न्यूनतम २ सय ९९ मा आशा लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आशा आशा लघुवित्तको २,३८, ७५८ कित्ता संस्थापक शेयरहरु बिक्रीमा रहेको छ । संस्थाले संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान शेयर सदस्यको हुने कानूनी व्यवस्था भए बमोजिम यस अघि बिध्यमान शेयरधनीलाई आब्हान गरिएकोमा सो समयमा बिध्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि आवेदन नआएको सर्वसाधारणलाई बिक्रि गर्न लागेको जनाएको छ ।  संस्थापक शेयरको न्युनतम […]

सेयर तथा घरजग्गा कारोबारलाई सहज बनाउने मौद्रिक नीति आउनुपर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने गरी मौद्रिक नीति आउनु पर्ने बताएका छन्। महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर महाप्रसाद अधिकारी र नेपाल राष्ट्र बैंकका उच्च तहका अधिकारी उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने […]

गभर्नरले बोल्दैमा मौद्रिक नीतिमा आउँदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नरले बोलेको विषय मौद्रिक नीतिमा आउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर अधिकारीले यस्तो बताएका हुन्। ‘मौद्रिक नीति कस्तो आउँछ भनेर मैले बोल्न मिल्दैन भनेर बारम्बार भन्दै आएको छ। मैले कतिपय ठाउँमा बोलेको छु। मैले बोल्दैमा नीति त्यस्तै […]

सातै प्रदेशमा सिटिजन्स बैंकको लर्निङ्ग सेन्टर स्थापना, एकै पल्ट ३६५ जनाले प्रशिक्षण लिन सक्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, […]

कुमारी बैङ्क “कुमारी परिवार सुरक्षा बचत खाता” को बिमा नीति परिवर्तन

काठमाडौं । कुमारी परिवार सुरक्षा बचत खातामा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको छ । २०८१ साउन १ गते देखि लागु हुने गरी बैंक ले “कुमारी परिवार सुरक्षा बचत खाता” मा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको हो । परिवर्तित नयाँ नीति अनुसार साउन १ पश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बिमा अन्तर्गत अस्पतालमा […]

सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो । नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको […]

सहकारी नियमनकारी निकाय बनाउन संसदीय छानबिन विशेष समितिलाई गभर्नरको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असिमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको […]

राजेन्द्रलाई हटाएर सिन्धु विकास बैंकको अध्यक्षमा निभा श्रेष्ठ

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्ष नियुक्ति विवादित बनेको छ । लामो समयदेखि बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका राजेन्द्र कुमार श्रेष्ठलाई विस्थापित गर्दै निभा डङ्गोल श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष चयन गरिएको हो । काभे्को बनेपामा कर्पोेरेट कार्यालय रहेको यो बैंकले नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ हाउस, नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग, […]