सिटिजन्स बैंकको नेतृत्वमा ४१.०६ मेगावाट क्षमताको जलविद्युत परियोजना अघि बढ्दै

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंक र सानिमा बैँक सहित ४ बैँकहरुले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ । सोमबार प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ वने गोरख राणा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी अधिकृत सीईओ बनाएको छ । बैङ्कको सञ्चालक समितिको वैठकले गोरख राणालाई सीईओमा  नियुक्त गरेको हो   । बैङ्कले उनलाई  १ जनवरी २०२५ बाट लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै […]

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, बिध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २०,००० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिध्यामान इच्छुक संस्थापक शेयरधनीले संस्थाको संस्थापक शेयर खरिद गर्न चाहेमा आजको (पैंतिस) दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी – ०४, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाण्डौ -१, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने […]

सरकारी बचतपत्रको डिम्याट प्रक्रियामा ढिलाइ, एक अर्ब ६० करोड रुपैयाँ फ्रिज

काठमाडौं । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई अभौतिकीकरण (डिम्याट) नगरेका कारण करिब एक अर्ब ६० करोड रुपैयाँ सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ) मा रोकिएको छ। डिम्याट भनेको कागजी प्रमाणपत्रलाई डिजिटल स्वरूपमा रूपान्तरण गर्ने प्रक्रिया हो। गत भदौदेखि पीडीएमओले सबै प्रकारका कारोबारलाई अनलाइन प्रणालीमा प्रविष्ट गराउन थालेको भए पनि, धेरै लगानीकर्ताले आफ्नो बचतपत्र डिम्याट नगरेका […]

हाइड्रोपावरमा लगानी आक्रमक बन्दा २२.४८ प्रतिशतले बढ्यो कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले जलद्यिुत, ग्यास र पानीजन्य उद्योगहरुमा कर्जा प्रवाह बढेको बताएको छ । लगानीकर्ताहरु जलविद्युत, ग्यास र पानीजन्य उद्योगमा लगानी बढाउदै जाँदा कर्जा प्रवाह समेत बढ्न पुगेको हो । चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुले उक्त क्षेत्रमा ३ खर्ब ९४ अर्ब ९३ करोेड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन […]

राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपाल पे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा ल्याएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ । सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण […]

नबिल बैंकको मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरु, अब ग्राहकले रोजेको समयमा सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ । तत्कालको लागि नबिल बैंकको केन्द्रिय कार्यालय तीनधाराबाट यस प्रकारको सेवा दिन थालिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत […]

मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सले नगद लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छे । मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण […]

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौं । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ”बैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । यसै क्रममा विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम […]

बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]