एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

काठमाडौं । अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिइन्  ।   

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्की मार्फत लम्की मानवसेवा आश्रम, कैलालीका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धआमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रम, कैलालीका सञ्चालक विनोद थापालाई ब्लाङकेट, म्याट्रेस, सिरक तथा अन्य चिसो मौसमका […]

प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न, सबै प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। साधारण सभाले आ.व. ०८१-०८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र अन्य अनुसूचीहरू पारित गरेको छ। साथै, सभाले बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व. २०८१-०८२ को एकीकृत वित्तीय विवरण पनि स्वीकृत […]

हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा २०८२  पौष ३० गते सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१\०८२ को प्रतिवेदन […]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच पेशाकर्मी सरल कर्जा तथा तलबी बचत खाता सञ्चालनसम्बन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ। सम्झौता–पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका हुन् । यसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष  पृथ्वी बहादुर पाँडेज्यूको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको […]

घट्यो बैंकहरुको नाफा, मंसिरसम्म कमाए २५ अर्ब ७२ करोड, कुन बैंकले कति ? 

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको मंसिरमसान्तसम्म समग्रमा २५ अर्ब ७२ करोड नाफा कमाएका छन् । यो गत वर्षको मंसिरको तुलनामा १४.९५ प्रतिशत कम हो । गत वर्षको मंसिरमा बैंकहरुले ३० अर्ब २४ करोड नाफा आर्जन गरेका थिए । अहिले भने उक्त नाफा घटेको छ । त्यसो त, पछिल्लो समय बैंकहरुको खराब […]

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

काठमाडौं । नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो । कोषको गत आवको कर पछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख रुपैयाँ रहेको छ । जसमध्ये […]

लुम्बिनी विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८२ पौष ३० गते बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०८२\८३ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०८२\८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष  चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८ औं वार्षिक साधारण […]

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा […]