करिब ७५ खर्ब पुग्यो निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/ ८३ को चार महिनामा  बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत […]

चालु खाता करिब ३ खर्ब, शोधनान्तर स्थिति पनि ३ खर्बले बचतमा

काठमाडौं । पछिल्लो चार महिनामा करिब ३ खर्बले चालु खाता बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु  आर्थिक वर्ष २०८२/८३ पहिलो चार महिनामा चालु खाता रु. २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही […]

३० खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमसान्तमा १९ अर्ब ५० करोड रहेकोमा कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले […]

तीन वर्षसम्म पनि धितो नबिके बैंकहरूले सम्पत्ति सकार्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोमा रहेको सम्पत्ति बिक्री नभए आफैले सकार्न पाउने भएका छन्। ‘कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्नेछ’, राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र भनिएको छ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा […]

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा

काठमाडौं । दिगो विकासका लक्ष्यहरु प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिप मार्फत टेवा पुर्‍याउन अग्रसर कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ। दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्ध यस बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट जस्ता संस्थाद्वारा व्यवस्थापन तथा प्रर्वद्धन […]

एनएमबि बैंकको साधरण सभा पुस २४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २४ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभंश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस सेयर प्रस्ताव पेश गर्नेछ । साधरण सभा प्रयोजनाको लागि एनएमबि बैंकले पुस ९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार […]

विकास बैंकहरुले पनि घटाए ब्याजदर

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि पुस महिनाका लागि ब्याजदर घटाएका छन् । बजारमा प्रसस्तै तरलत भएको कारण विकास बैंकहरुले ब्याजदर घटाएका हुन् । जसमध्ये ज्योति विकास र महालक्ष्मी विकास बैंकले भने ब्याजदर घटाएका छैनन् । अरुको भने घटेको छ । यता, वाणिज्य बैंकहरुले पनि पुस महिनाका लागि ब्याजदर घटाएका छन् ।

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओमा अवोदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन […]

लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि भोलि पुस १ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् । बैंकले पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ […]

जेनजी युनाइटेडले अर्थमन्त्रीलाई भन्यो-गर्भनर पौडेललाई बर्खास्त गरी नयाँ गर्भनर नियुक्त गर

काठमाडौं । जेनजी युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने र नयाँ गर्भनर नियुक्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार बिहान अर्थ मन्त्रालयमा मन्त्री खनाललाई जेनजी युनाइटेडका संयोजक जनक परियारले ज्ञापनपत्र बझाएका हुन् । ज्ञापनपत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले पौडेललाई स्वार्थ समूहको डिजनाइनमा गभर्नर नियुक्त गरेको दाबी […]