कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अवधिमा बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही […]

गरिमा विकास बैंकले एकैपटक ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘गरिमा प्रिपेड डलर कार्ड’, ‘गरिमा पीओएस टर्मिनल’ र ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवाको औपचारिक शुभारम्भ गरेको हो। […]

एनएमबि बैंक र नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं ।  डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (DoIT) सँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन्। यसले गर्दा आफ्नो व्यक्तिगत विवरणहरू बारम्बार हातले टाइप गरिरहनु पर्ने झन्झट हट्ने, कागजी काम कम हुनेर […]

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरिसकेका […]

आर्थिक बर्षको पहिलो दिन ५० अर्व निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको पहिलो दिन आज साउन १ गते ५० निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत  निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ […]

नेरुडे मिर्मिरे लघुवित्तको स्थगित साधारणसभा पुनः आह्वान

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको स्थगित साधारणसभा पुनः आह्वान गरिएको छ । असार ३२ गतेका लागि आह्वान गरिएको सधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । उक्त सभा अब साउन १० गते गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । संस्थाको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले साउन १० गते स्थगित १९ औं […]

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले जलविद्युत क्षेत्रको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग अझै ठूलो लगानी क्षमता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ ( नाफिज)द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणको चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै प्रवक्ता पौडेलले ऊर्जा क्षेत्रमा लगानी प्रबर्द्धन गर्न केन्द्रीय बैंकले विशेष […]

राष्ट्र बैंकले भन्यो : सरकारको वित्तीय घाटामा करिब साढे १ खर्बले कमी आयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको वित्तीय घाटा घटेको जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको वित्तीय स्थिति १ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको १खर्ब ४२ अर्ब रुपैयाँ घाटाको तुलनामा कम हो। राष्ट्र बैंकले बिहीबार वित्तीय प्रतिवेदन २०२४२५ सार्वजनिक गर्दै सो कुरा […]

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनीहरुबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

बैंक खाताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, पुराना खाता २०८३ असोजभित्र अद्यावधिक गर्नुपर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान (केवाईसी) प्रणाली पूर्ण रूपमा लागू गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्थाअनुसार नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने भएको छ भने पुराना खाताहरू पनि २०८३ असोज मसान्तभित्र अद्यावधिक गर्नुपर्नेछ। राष्ट्र बैंकले जारी गरेको ग्राहक पहिचान तथा सम्पुष्टि […]