नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स बिच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाण्डौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता  २०८३ साल जेठ १३ गते भएको बैंकले जनाएको छ । सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता […]

साढे ४अर्ब भन्दा बढी बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौं । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो । सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि […]

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट बैंकिङ सुविधा

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भबिष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ […]

राष्ट्र बैंकले ९ अर्ब ६९ करोड मुद्दती निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद २० गतेसम्म

काठमाडौं । राष्ट्र बैंकले ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । जसअनुसार ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ वाणिज्य बैंकमा, १ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ विकास बैंकमा र ४८ करोड ४९ […]

बजेटले अर्थतन्त्र र आर्थिक गतिविधि पुनः चलायमान बनाउने सीबीफीनको ठहर

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले औपचारिक रूपमा बजेटको स्वागत गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले हालै प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आर्थिक पुनरुत्थान, निजीक्षेत्रको मनोवल अभिवृद्धि, लगानी प्रवर्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएको बताउँदै नीतिगत तथा संरचनागत सुधारका पहल गरिएको जनाएको हो । […]

बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय रकम उत्पादनमुखी क्षेत्रमा प्रयोग गरिने

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय अवस्थामा रहेको रकमलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्। बजेटअनुसार बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेको रकम हकवालाले दाबी गरेमा उपलब्ध हुने सुनिश्चितता कायम गरिनेछ। त्यसपछि कानुनी आधारमा निश्चित प्रक्रियाअनुसार उक्त रकमलाई उत्पादनमूलक तथा […]

कृषिकालाई ४० प्रतिशतसम्म अनुदान दिइने

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले व्यसायिक कृषिलाई प्रोत्साहन गर्ने र कृषिमा उत्पदकत्व वृद्धि गर्न प्रोत्साहित गर्नेै नीति लिई कृषिलाई सम्मानजनक र लाभामुखी व्यवासयमा रुपान्तरण गरिने छ । न्यूनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादन गर्नेलाइै सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराई कार्यक्रम ल्याइने छ ।   बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो […]

राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गरिने, राष्ट्रिय जीवन बिमाको आइपीओ जारी हुने

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वित्तीय सुदृढीकरण र व्यवस्थापन सुधारका लागि विभिन्न संरचनात्मक परिवर्तन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। बजेटअनुसार राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गरिनेछ भने नेपाल वायुसेवा निगमलाई कम्पनी संरचनामा रूपान्तरण गरी व्यवस्थापन सुधार गर्ने योजना अघि सारिएको छ । त्यसैगरी राष्ट्रिय जीवन बिमा […]

विदेशी लगानी प्रक्रियालाई थप सहज बनाइने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुन संशोधन गरिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले लगानी फिर्ता लैजानका लागि अब नेपाल राष्ट्र बैकको पूर्वस्वीकृति आवश्यक नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गरिने बताए ।

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका हुन् । सम्झौतामा योगदानमा आधारित भए-नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । […]