नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो। समझदारी पत्रमा […]

ब्याज अनुदान रकम बैंकमै थन्कियो, सरकारलाई करोडौं थप भार

काठमाडौं । सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अर्बौं रुपैयाँ निष्क्रिय बसेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा ब्याज अनुदानका लागि नेपाल राष्ट्र बैंकलाई ५ अर्ब ५० करोड निकासा गरेकोमा वर्षअन्त्यसम्म २ अर्ब २ करोड ३६ लाख उपयोग नभई निष्क्रिय रहेको देखिएको छ। सहुलियतपूर्ण कर्जाका लागि […]

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी ,लिलाम बिक्री पोर्टलमा उपलब्ध

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि […]

नेपाल राष्ट्र बैंकद्वारा पुजा मनि चेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले  पुजा मनि चेञ्जर प्रा. लि. को इजाजतपत्र रद्द गरेको छ।  नेपाल राष्ट्र बैंकको वीरगञ्ज कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार घण्टाघर, वीरगञ्ज–०८, पर्सामा रहेको उक्त मनि चेञ्जरले तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगरेको कारण यसको भारतीय रुपैयाँ कारोबार गर्ने अनुमति रद्द गरिएको हो। मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ […]

४५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ४५ अर्ब निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बढिमा […]

विजय लघुवित्तले लाभांश नदिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।    

ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरेको छ । कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ […]

जेठमा पनि बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर जेठमा थप घटाएका छन् । वैशाखको तुलनामा ब्याजदर औसत ०.०५७ प्रतिशतले कटौती गरेका छन् । जेठ महिनामा व्यक्तिगत मुद्दति खातामा सबैभन्दा धेरै ब्याजदर एनएमबिले प्रदान गर्ने भएको छ । यसले ब्याजदर ४.८ प्रतिशत कायम गरेको छ । वैशाखमा एनएमबि बैंकको ब्याजदर ५ प्रतिशत रहेको थियो […]

सहकारी पीडितको बचत रकम फिर्ता गर्न २५ करोड रुपैयाँ व्यवस्थापन गरिँदै

काठमाडौँ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीपीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको छ । यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ । मन्त्रालयले पीडित नागरिकलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरेका छ । मन्त्रालयले कोषमा […]

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो । शिविरमा २५ जनाको शल्यक्रिया […]