संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक 

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । यसका लागि सेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सकिने बैंकले जनाएको […]

८५ करोड रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ८५ करोड रुपैयाँ संस्थागत निक्षेपको रुपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुमा राख्न प्रस्ताव आह्वान गरेको हो । रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले यही असोज ७ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न […]

रोशन कुमार न्यौपानेले दिए एनआईसी एसिया बैंकको सीईओ पदबाट राजीनामा

काठमाडौं ।  एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले असोज १ गते राजीनामा दिएपछि बसेको सञ्चालक समिति बैठकले राजीनामा स्वीकृत गरेको हो । न्यौपाने बाहिरिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हाललाई डेपुटी सीईओ सन्तोष कुमार राठीलाई दिइएको छ ।

९० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १० दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिन खुल्यो 

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन खुलेको छ । ले बैंकले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । अर्थात बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार […]

वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड नाफा, ११ वटाको नाफा घट्यो, कुनको कति ?  

काठमाडौं । सञ्चालनमा रहेका २० वटा बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउनमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ८.६४५ प्रतिशत कम हो । आव २०८१-८२ मा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको नाफा घट्नु कारण […]

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ७३ खर्ब ३ अर्ब बढी, वाणिज्य बैंकमा मात्रै ६५ खर्ब ४१ अर्ब बढी निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झनै बढ्ने देखिएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि, सरकारी खर्चबापतको थोरै रकम बजारमा आउनु, उपभोगमा सीमितता जस्ता कारण निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम बढ्दै गएको देखिन्छ । ऋण दिन मिल्ने रकम […]

कामना सेवा विकास बैंकको साधारसभा असोज २४ गते, १५.७९ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले असोज २४ गतेका लागि साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । बैंकको १९ औँ साधारणसभा असोज २४ गते, शुक्रबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, […]

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । यस बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिन अघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो । उक्त सहयोग सामग्री यस सांग्रिला […]