महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

काठमाडौं ।  महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो […]

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु

काठमाडौं । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार यी बचतपत्र निष्कासन गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको हो । दुवै प्रकारको बचतपत्रको अवधि ५ वर्षको हुनेछ । कार्यालयले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार […]

क्यासिनोलगायतका संस्थाले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत विदेशी विनिमय ( नियमित गर्ने )ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न […]

केन्द्रीय बैङ्कले उपदान कोषको ३ अर्ब ७० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार क’ वर्गका वाणिज्य बैङ्कमा रु दुई अर्ब ९६ करोड, ‘ख’ […]

जीवन विकास लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा, मूल्य कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले ४ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ । कम्पनीले यी सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा कम्तीमा २५० […]

आधा भन्दा बढी फाइनान्स कम्पनीहरु घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् […]

सानिमा बैंकको दराजसँग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सकिनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी […]

राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ७० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार २ अर्ब ९६ करोड रुपैयाँ वाणिज्य […]

सिटिजन्स बैंकका ग्राहकहरूले एकता बुक्समा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन, पोखरा र इटहरी आउटलेटमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित […]

स्वस्तिक लघुवित्तको सेयर सूचीकृत

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्समा यस कम्पनीको ५ लाख ७७ हजार ५०० कित्ता सेयर सूचीकरण भएको हो । सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको २ लाख ३१ हजार कित्ता (४०%) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता (६०%) सेयर समेत गरी जम्मा […]