नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (NPS-National Card Switch तथा NEPALPAY Card मा आवद्ध  

काठमाडौं । एनआईएमबि र एनसीएचएल बीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका हुन् ।  एनसीएचएलले हालै NPS–NCS को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै […]

कामना सेवा विकास बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता झोला र टोकन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५००० थान जुत्ता झोला र १००० थान टोकन हस्तान्तरण गरेको छ । पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनहरुको जुत्ता र चप्पललाई सुरक्षित र व्यवस्थित रुपमा राख्नको लागि उक्त झोलाहरु र टोकनहरु हस्तान्तरण गरिएको हो । बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले पशुपति […]

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आज उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा विश्वनाथ पौडेललाई बुझाएको हो । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल […]

एनआईसी एशिया बैंकका ग्राहकलाई ई.स्टपको रेष्टुरेन्ट र चार्जिङ स्टेसनमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रालिबीच बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न गर्नेछन् । ई.स्टप नेपालले नवलपुरस्थित […]

बैंक तथा वित्तीय संस्थामा थुप्रियो करिब पौने ४६ अर्ब गैरबैंकिङ सम्पत्ति, समस्यामा ऋणी

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

काठमाडौं । अर्थ मन्त्रालयद्वारा  सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो । मन्त्रालयले आज नेपाल राष्ट्र बैङ्क , नेपाल बीमा प्राधिकरण,नेपाल धितोपत्र बोर्ड,नेपाल दुरसञचार प्राधिकरण,सबै सार्बजनिक संस्थानहरु र सबै बोर्ड […]

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो । एकेडेमीमा आयोजित कार्यक्रममा यस सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेकी हुन् । […]

महालक्ष्मी विकास बैंकको सञ्चालकमा अश्वीनी कुमार ठाकुर  नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर  नियुक्त  भएका छन् । बैंकको २०८२ असार २०  गतेको सञ्चालक समिति बैठकबाट उनी स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भइका हुन् । उनीसँग […]

सिद्धार्थ बैंकको १० वर्षे ऋणपत्रमा आवेदन खुल्यो

काठमाडौं । सिद्धार्थ बैंकले  असार २९ गते आइतबारदेखि ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको छ। लगानीकर्ताहरूले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्र १० वर्षे अवधिको ऋणपत्र हो। ऋणपत्रको कुल निष्कासित रकम २ अर्ब ५० करोड रुपैयाँ रहेको छ। सार्वजनिक निष्कासन भएको कुल रकममध्ये १ अर्ब रुपैयाँ सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याइएको […]

४ दिनका लागि बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]