भैरहवामा राजस्व सङ्कलनका लागि अभियान सञ्चालन

रुपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ । कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले अभियान सञ्चालन गरिइएको हो । कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क नबुझाएका करदातासम्म पुगेर राजस्व दाखिलाका लागि अभियान सञ्चालन गरेको हो । कार्यालयका अनुसार दाखिला हुन बाँकी करिब रु एक अर्ब २५ करोड […]

पाँच महिनामा ४८ करोड ५२ लाखको छुर्पी निर्यात

झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१/८२ […]

कानुन मिचेर रकमान्तर

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रु २९ करोड रकमान्तर गरिसकेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले रु १६ करोड १५ लाख ४२ […]

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको थियो । यस्तै, युरोपियन […]

देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र सुरक्षा प्रदान गर्दै देशको अर्थतन्त्र सुधार गर्नुपर्ने वर्तमान आवश्यकता भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा सशस्त्र प्रहरीको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रण गर्न अन्तर निकायमा भए गरेका कमीकमजोरीलाई सुधार्दै लैजानुपर्नेमा […]

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुँदै, दश करोडको कारोबार लक्ष्य

झापा । देशकै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुन लागेको छ। झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा हुनेछ । ‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार […]

आजदेखि घट्यो अण्डाको मूल्य 

चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी मंगलबारदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो । फार्ममा ठूलो अण्डा ५ सय ६५ रुपैयाँ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४ सय ७५ रुपैयाँमा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५ सय ५० […]

नेपाल धितोपत्र बोर्डले कमायो ७० करोड नाफा, जगेडामा करिब ४ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत वर्ष ७० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २७ करोड ६० लाख रुपैयाँ अर्थात, ६५.०४ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ मा बोर्डले ४२ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । नेपाल धितोपत्र बोर्डले गत वर्ष १ अर्ब भन्दा धेरै […]

चैत १ देखि दोस्रो आर्थिक गणना हुने, ५ हजार गणक परिचालन

काठमाडौं । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित दोस्रो आर्थिक गणना चैत १ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशैभर चैत १ देखि असार मसान्तसम्म आर्थिक गणना गरिने जानकारी दिएको छ । आर्थिक गणनासम्बन्धी कार्यालयले सोमबार तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । यसअघि पहिलो आर्थिक गणना २०७५ सालको वैशाखमा […]

अमेरिकी डलर उकालो लाग्नेक्रम जारी, अन्य देशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर […]