अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड रुपैयाँको कारोबार वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८२र८३ मा अलैँची निर्यातबाट रु १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट रु सात अर्ब ६७ करोड ४० […]

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो। विभागका उपमहानिर्देशक एवम् सह-सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान (PAN) […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

भद्रपुर भन्सारले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेन

झापा । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो । भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा […]

ललितपुर मालपोतका तीन कर्मचारीसहित दुई लेखापढी व्यवसायी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारी र दुई लेखापढी व्यवसायी (लेखन्दास)लाई घुससहित रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा मालपोत कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखन्दास शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्। अख्तियारका अनुसार उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराउने काममा […]

खाना पकाउने एलपी ग्यास टेकुबाट पनि बिक्री सुरु

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै मागअनुसार नियमित आपूर्ति भइरहेको जनाएको छ। केही सञ्चारमाध्यममा ग्यास अभावको समाचार प्रकाशित भएपछि निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको हो। निगमका अनुसार १४.२ केजी क्षमताको एलपी ग्यास सिलिण्डर बिक्री–वितरणको […]

लघुवित्त पीडितका माग सम्बोधन गर्न सरकार सहमत

काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि विभिन्न नीतिगत तथा कार्यान्वयनात्मक कदम अघि बढाइने भएको छ भने संघर्ष समितिले देशभर सञ्चालनमा रहेका सबै आन्दोलन तथा अनशनका कार्यक्रम आजैदेखि अन्त्य गर्ने जनाएको छ। सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहित प्रतिवेदन […]

वीरगञ्ज नाकाबाटको  २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात

काठमाडौं । वीरगञ्ज  नाका हुँदै  गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातका लागि २ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ। वीरगञ्ज भन्सार कार्यालयको वार्षिक तथ्यांकले नेपालको ऊर्जा आवश्यकता अझै आयातित इन्धनमै निर्भर रहेको देखाएको छ। तथ्यांकअनुसार सबैभन्दा बढी रकम डिजेल आयातमा खर्च भएको छ। गत आर्थिक वर्षमा १ खर्ब ३२ अर्ब […]

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

काठमाडौं । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो । मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष […]

बैंकिङ प्रणालिमा आधिक तरलता २५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले सुक्रबार २५ अर्बको २ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ६१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]